आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

धुम्रपान गर्नेलाई कोरोनाभाइरस संक्रमणको खतरा कम !

  • प्रकाशित मिति : मङ्लबार, माघ ६, २०७७



  • काठमाडौं। कोरोनाभाइरसले फोक्सोसहित श्वासप्रश्वास प्रणालीलाई मुख्य रुपमा प्रभावित पार्ने वैज्ञानिकहरुले बताइरहँदा एक अध्ययनमा भने धुम्रपान गर्नेहरुलाई कोरोनाभाइरसको संक्रमणको खतरा कम हुने पाइएको छ । धुम्रपान गर्नेहरुका साथै शाकाहारीहरुमा समेत संक्रमणको खतरा कम हुने अध्ययनको निष्कर्ष छ । भारतको सर्वोच्च अनुसन्धान संस्था काउन्सिल फर साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च (सीएसआइआर)को अध्ययनका यस्तो आश्चर्यजनक निष्कर्ष आएको हो । सीएसआइआरले भारतभरी गरेको अध्ययनपछि यस्तो नतिजा निकालेको हो ।

    अध्ययनमा रक्त समूह ओ भएका मानिसहरुलाई पनि खतरा कम भएको पाइएको छ । रक्त समूह बी र एबी भएकाहरुलाई भने संक्रमणको खतरा बढी भएको पाइएको छ । द प्रिन्टमा प्रकाशित रिपोर्टअनुसार सीएसआइआरले यो अध्ययनको लागि १० हजार ४२७ जनाको नमूना लिएको थियो । अध्ययनमा सहभागी यी सबै मानिसहरु सीएनआइआरका देशैभरी छरिएका ४० संस्थानमा काम गर्ने कर्मचारी वा उनीहरुका परिवारका सदस्य हुन् । यो अध्ययनको उद्देश्य शरीरमा एन्टिबडीको उपलब्धताबारे जानकारी प्राप्त गर्नु थियो ।

    अध्ययनको सुरुवात सीएसआइआर अन्तर्गत इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजी (आइजीआइबी) दिल्लीले गरेको थियो । अध्ययनमा सहभागीमध्ये १ हजार ५८ जना अर्थात १०.१४ प्रतिशतमा कोरोनाविरुद्ध एन्टिबडी भेटियो । आइजीआइबीका बरिष्ठ वैज्ञानिक शान्तनु सेनगुप्ताका अनुसार ३ महिनापछि फलोअप गर्दा ३४५ जनामा एन्टिबडी स्थिर पाइएको थियो । प्लाज्मा गतिविधि भने कम भएको पाइयो । ६ महिनापछि फेरि जाँच गर्दा ३५ जनामा एन्टिबडीको स्तर कम हुँदै गएको पाइयो तर प्लाज्मा गतिविधिको स्तर बढेको थियो ।

    सेनगुप्ताका अनुसार अध्ययनमा धुम्रपान गर्नेहरुमा कोरोना संक्रमणको खतरा कम भएको पाइएको छ । उनले कोरोनाले फोक्सोलाई नै सबैभन्दा प्रभावित गरिरहेको पृष्ठभूमिमा धुम्रपानले फोक्सोलाई संक्रमणबाट बचाइरहेको पाइएको भन्दै यो गहन अध्ययनको विषय भएको बताएका छन् । यो भारतमा मात्र नभइ यसअघि न्यूयोर्क, इटली, प्रान्स र चीनमा भएका अध्ययनमा पनि धुम्रपान गर्नेहरुमा संक्रमणको खतरा कम भएको पाइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij