सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

१४ गतेबाट कोराेना विरुद्धको खोप लगाउन शुरु गरिने

  • प्रकाशित मिति : शुक्रबार, माघ ९, २०७७



  • काठमाडौं। यही माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सशस्त्र प्रहरी बलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खोप लगाउने मितिबारे खुलासा गरेका हुन्।

    प्रधानमन्त्री ओलीले खोपका लागि समूह तयार पारिसकेको उनले बताए। कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई पहिलो चरणमा खोप लगाउने संकेत प्रधानमन्त्री ओलीले गरेका छन्।

    सरकारले पहिलो चरणमा खोप लगाउन स्वास्थ्यकर्मीको लगत पनि लिइसकेको स्वास्थ्य मन्त्रालयले स्रोतले बताएको छ। स्रोतका अनुसार यस्तो लगतका लागि प्रत्येक जिल्लाबाट नाम लेखाउने काम शुक्रबार सकिएको छ।

    भारतले सरकारले नेपाललाई उपहार स्वरुप दिएको १० लाख डोज कोराना विरुद्धको खोप बिहीबारमात्र काठमाडौं आइपुगेको छ। भारतको सिरम इन्सिट्युटले अक्सफोर्ड–एस्ट्राजेनेकासँगको सहकार्यमा विकास गरेको कोभिशिल्ड नामको खोप नेपालमा लगाउन लागिएको हो।

    यो खोप हाल भारतमा लगाइएको छ। र भारतमा यो खोप लगाएपछि केहीलाई सामान्य साइड इफेक्ट देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। नेपालले गत हप्तामात्र कोभिशिल्डलाई आपतकालीन उपयोगका लागि अनुमति दिएको थियो। यो खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको दावी गरिएको छ।

    मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको शुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले पहिलो चरणमा अग्रभावमा रहेर कोरोना विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए। पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij