सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गलकोटमा ग्रामिण महिला उद्यम विकास कार्यक्रम सम्पन्न ।

  • प्रकाशित मिति : शुक्रबार, माघ ९, २०७७



  • ईश्वर सुवेदी,बागलुङ ।बागलुङ जिल्लाको गलकोट नगरपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित नगर उपप्रमुख दायित्व ग्रामिण महिला उद्यम विकास कार्यक्रम उद्घाटन तथा आवेदन आह्वान समारोह आज गलकोटमा सम्पन्न भएको छ ।

    कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचाले आर्थिक रुपमा समृद्ध बन्नको लागि महिलाहरु शशक्त्त रुपमा लाग्नुपर्ने बताउनुभयो ।

    उहाँले गलकोट नगरपालिका सदैव उधमी महिलाहरुको साथमा रहने बताउँदै महिलाहरुले यस अगाडि लिएका उधमशिलता तालिमहरुलाई प्रभावकारी रुपमा आफ्नो जिबनमा लागु गर्दै उधमी बन्दै आत्मनिर्भर बन्नुपर्ने बताउँनुभयो ।

    काउचाले नगरपालिकाले महिलाहरुलाई ऋणको जमानी बसेर उधमशिलता तथा सिप विकासका लागि बैँक तथा दायित्व संस्थासँग सम्वन्य गरि अगाडि बढाउँने समेत बताउनुभयो ।

    काउचाले यस अगाडि पनि गलकोट नगरपालिका भित्रका विभिन्न वडाहरुमा महिला संघ संस्थाहरु सँग समन्वय गरि सेनिटरी प्याड बनाउने तालिमा लगायतका थुप्रै तालिम सञ्चालन गरेको अवगत गराउँदै महिलाहरुले आफ्नो स्तर वृद्धिको आशा राखे पनि स्रोत र साधनको अभावका कारण महिलाहरुको सिप विकास केन्द्रको स्थापना गर्न नसकिएको समेत प्रष्ट पार्नुभएको थियो ।

    ग्रामिण महिला उद्यम विकास सम्बन्धि कार्यक्रम गलकोटमा प्रभावकारी रुपमा अगाडि लक्ष्यका साथ दायित्व संस्था सँग सहकार्य गरेको समेत स्पष्ट पार्नुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्मा, गलकोट नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष तिलक घर्ति, कार्यपालिका सदस्य राधिका पुन, शिव कुमारी खत्री लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रमको वारेमा दायित्व संस्था लुम्विनि प्रदेश प्रमुख कमल थापाले कार्यक्रमको आवश्यकता, कार्यक्रम सञ्चालनको प्रकृति र उद्यम विकासको कार्ययोजना वारे सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा उद्यमि चुमा घर्तीले आफ्नो अनुभव तथा कार्यक्रमवाट भएको सिप विकासको अनुभव सार्वजनिक गर्नुभएको थियो ।

    कार्यक्रम दायित्व संस्थाका अध्यक्ष डा.पुकार मल्लको अध्यक्षता, गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि.कको स्वागत तथा मुसिकोट नगरपालिकाका कर्मचारी महेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij