मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

मधुमेहका बिरामीले जाडो मौसममा नखानुहोस् यी ७ खानेकुरा, थाहा पाउनुस् स्वास्थ्यका लागि कति खतरनाक

  • प्रकाशित मिति : बिहिबार, माघ १५, २०७७



  • चिसो मौसमम ब्लड सुगरलाई नियन्त्रणमा राख्नु एउटा ठूलो चुनौती हुने गर्छ । मधुमेहका बिरामीका लागि त यो मौसम थप हानिकारक हुनसक्छ । विज्ञका अनुसार चिसो मौसममा केही खान नखाने हो भने तपाईं रगतमा सुगरलाई नियन्त्रण गर्न सक्नुहुन्छ । आउनुहोस्, चिसो मौसममा कुन कुरालाई आफ्नो खानामा समावेश नगर्दा ब्लड सुगर नियन्त्रणमा रहन्छ ।

    तारेको वा मसालेदार खानेकुराः

    यो मौसममा तारेको र मसालेदार खानेकुराबाट टाढै रहनुपर्छ । चिसो मौसममा हाम्रो पाचन प्रणाली पनि कमजोर हुन्छ त्यसैले शरीरले यस्ता प्रकारका खानेकुरा पचाउन सक्दैन । मधुमेहका बिरामीले त झन् यस्ता कुराबाट थप सावधान रहनुपर्छ ।

    सुन्तलाः

    भिटामिन–सीले भरपूर सुन्तला हाम्रो प्रतिरोधी क्षमताका लागि राम्रो मानिन्छ । तर सुन्तलामा पनि सुगर अत्यधिक मात्रा हुन्छ जुन मधुमेहका रोगीका लागि सही होइन । त्यसैले चिसो मौसममा यसको सेवनबाट बच्नुहोस् । विशेषगरी बजारमा पाइने प्याकेटबन्द सुन्तला जुसको सेवन त फिटिक्कै नगर्नुहोस् ।

    बोसोयुक्त मासुः

    मधुमेहका रोगीले चिसो मौसममा बोसोयुक्त मासु नखानुहोस् । यसमा भएको बोसो तपाईंको स्वास्थ्यका लागि खतरनाक साबित हुनसक्छ । यसका साथै रातो मासुबाट पनि टाढै बस्नुहोस् । वैज्ञानिकले रातो मासुले शरीरमा हुने हानीको विषयमा पहिले पनि चेतावनी दिइसकेका छन् ।

    डीप फ्राईः

    चिसो मौसममा डिप फ्राईयुक्त खानेकुराबाट बच्नुहोस् । यसमा हुने अनस्याचुरेटेड फ्याट तपाईंको स्वास्थ्यका लागि फिटिक्कै राम्रो होइन । चिप्स, पकौडा, फ्रेन्च फ्राईलगायतका डिप फ्राई गरिएका सबै खानेकुरा खानबाट बच्नुहोस् ।

    मादक पदार्थः

    इन्सुलिन लिने बिरामीमा हाइपोग्लिसिमियाको खतरा हुन्छ । त्यसैले उनीहरुले मादक पदार्थको सेवन गर्नु हुँदैन । रक्सीले तपाईंको शरीरलाई सामान्य व्यक्तिको तुलनामा बढी हानी गर्छ ।

    सोडा वा अत्यधिक चिनीजन्य खानाः

    यस्ता कुनै पनि खानेकुरा वा पेय पदार्थको सेवन नगर्नुहोस् जसमा सोडा वा चिनीको मात्रा अत्यधिक हुन्छ । बजारमा पाइने क्यान सुप, जूस वा प्याकेट बन्द खानेकुरामा यसको सम्भावना बढी हुन्छ । त्यसैले यी खानेकुराबाट दूरी बनाउनुहोस् ।

    महः

    मह कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसले तत्काल ऊर्जा दिन्छ तर मधुमेहका रोगीले चिसो मौसममा यो खानबाट बच्नुपर्छ । बजारमा पाइने मिसावटी महबाट पनि सावधान हुनुहोस् र डाक्टरको सल्लाहपछि मात्रै यसको सेवन गर्नुहोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij