आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगको चौथो स्थानमा उक्लियो

  • प्रकाशित मिति : शुक्रबार, माघ १६, २०७७



  • काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले टोटनह्याम हट्सपरलाई ३–१ ले हराएको छ ।

    टोटनह्यामको मैदानमा गएराति भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन रोबर्टो फर्मिनो, ट्रेन्ट अलेक्जेण्डर आर्नोल्ड र सादियो मानेले एक एक गोल गरे ।

    टोटनह्यामका होएबर्गले एक गोल फर्काए । खेलको सुरुमै टोटनह्यामका ह्युङ मिन सनले पेनाल्टी प्रहारको अवसर खेर फालेका थिए भने ५६ औं मिनेटमा लिभरपुलका मोहोमद सालाहले पनि पाएको पेनाल्टी अवसरमा गोल गर्न सकेनन् ।

    यो खेलपछि लिभरपुल २० खेलबाट ३७ अंक जोड्दै प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ । लिभरपुल शिर्ष स्थानको म्यान्चेस्टर सिटीभन्दा ४ अंकले पछि परेको छ ।

    एक खेल कम खेलेको म्यान्चेस्टर सिटीको ४१ अंक रहँदा ४० अंकसहित म्यान्चेस्टर युनाईटेड दोस्रो तथा ३९ अंक जोडेको लेष्टर सिटी तेस्रो स्थानमा रहेको छ ।

    एजेन्सी

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij