मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोना भाइरसका कारण पुरुषको शुक्राणुमा असर पर्ने तथ्य सार्वजनिक

  • प्रकाशित मिति : शुक्रबार, माघ १६, २०७७



  • काठमाडौं, माघ १६ । कोरोना भाइरसका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ ।

    रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोभिड–१९ बाट गम्भीर विरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने देखिएको हो ।

    व्यक्तिको शुक्राणुको गुणस्तरमा असर परेसँगै यसले उसको प्रजनन् क्षमतामा पनि प्रभावित पार्नसक्ने बताइएको छ ।

    अध्ययनमा भनिएको छ, ‘यो रिपोर्ट पहिलो प्रत्यक्ष प्रमाण दिन्छ कि कोभिड–१९ संक्रमणले वीर्यको गुणस्तर र पुरुष प्रजनन् क्षमतालाई प्रभावित पार्दछ ।’

    कोभिड–१९ संक्रमित पुरुष र स्वस्थ पुरुषको वीर्य जाँच गर्दा स्वस्थ पुरुषको तुलनामा संक्रमित पुरुषको शुक्रकिट केही जलेको, फुलेको जस्तो असामान्य रुपमा फेला परेको हो ।

    फ्लू जस्तो कुनै पनि भाइरसबाट विरामी पर्नेको केही हप्ता या महिनासम्म शुक्रकिटको संख्या (कहिलेकाहिँ शून्यसम्म पनि) अस्थायी रुपमा कम हुनसक्ने बताइएको छ ।

    अध्ययन ठूलोस्तरमा गरिएको नभए पनि कोभिड–१९ संक्रमित नभएका १०५ प्रजननयोग्य पुरुष र ८४ जना कोभिड–१९ संक्रमणयुक्त पुरुषका बीचमा तुलनात्मक रुपमा हेरिएको जनाइएको छ । दश दिनको अन्तररालमा ६० दिनसम्म उनीहरुको वीर्यको विश्लेषण गरिएको थियो ।

    त्यसबीचमा कोभिड–१९ बाट संक्रमित व्यक्तिको शुक्रकिट स्वस्थ व्यक्तिको तुलनामा केही जलेको जस्तो, सुन्निएको जस्तो पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

    शुक्राणु की एकाग्रता, गतिशीलता र आकार पनि भाइरसबाट नकारात्मक रुपमा प्रभावित बनेको पाइएको उक्त अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै सिएनएनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij