सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

गलकोट नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवनको उद्घाटन।।

  • प्रकाशित मिति : शुक्रबार, माघ १६, २०७७



  • ईश्वर सुवेदी,बागलुङ।
    बागलुङ जिल्लाको गल्कोट नगरपालीका वडा नम्बर ४ को वडा कार्यालय भवनको उद्घाटन गर्दै गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले नागरिक र जनप्रतिनिधिले हातेमालो गरेमा मात्र विकास सम्भव रहेको बताउँनुभयो ।

    उहाँले सार्वजनिक भवन तथा कुनैपनि पुर्वाधार निर्माण गर्नको लागि जग्गा व्यवस्थापन गर्न विषय आफैमा अति जटिल विषय रहेको भन्दै गलकोट नगरपालिका वडा नम्वर ४ को वडा कार्यालय भवन निर्माणको लागि निशुल्क जग्गा प्रदान गर्ने जग्गादाता प्रति आभार व्यक्त गर्नुभयो । कतिपय ठाउँमा कुनै पनि संरचना निर्माणका लागि जग्गा कै अभाव भएर संरचना निर्माण हुन नसकेको बताउँदै गैरेले गलकोट नगरपालिका वडा नम्बर ४ ले जग्गा व्यवस्थापन गरि वडा कार्यलयको भवन निर्माण गर्नु वडाबासीको लागि सुखद पक्ष रहेको समेत बताउनुँभयोे ।

    नगर प्रमुख गैरेले फरक प्रसँगमा दुई तिहाईमा रहेको केन्द्रिय सरकारमा रहेका दलहरुले स्थानिय सरकार र जनताको भावनाको मर्मलाई नबुझेर सत्ताको लोभमा लागेकाले देशमा वर्तमान राजनितिक अस्थिरता सिर्जना भएको भन्दै अबका दिनमा आम नेपाली नागरिक सचेत भई मत व्यक्त गर्न समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद शर्माले जनतालाई प्रशासनिक काममा कुनै समस्या नहुने गरि गलकोट नगरपालिकाले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिकाका नगरशिक्षा अधिकारी रुद्रनारायण सापकोटा, नेपाल विधुत प्राधिकरण बागलुङका प्रमुख शिवनारायण गोशेली, गलकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिम बहादुर भण्डारी, गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, गलकोट बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष डिलाराम सुवेदी, समाजसेवी फम बहादुर खत्री, न्यु लाइफ आवासीय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्मा, खरुवा माध्यमिक विद्यालयका प्रधानाध्यापक हेमराज गैरे, गोल्डेन बोर्डिङ स्कुलका प्रिन्सीपल चुडामडी शर्मा, सयपत्री बहुउद्देशीय सहकारी संस्था लि. का अध्यक्ष चिन्तामणि शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    आर्थिक वर्ष २०७६।७७ मा पुर्वाधार विकास अन्तरगर् गलकोट नगरपालिकाबाट विनियोजित २५ लाख बजेटमा गत वर्ष नगरप्रमुख गैरेद्धारा शिल्यान्स गरिएको भवन आर्थिक वर्ष २०७७।७८ मा गलकोट नगरपालिकाबाट १६ लाख बजेट विनियोजन गरि वडा कार्यालय भवन निर्माण सम्पन्न गरि उद्घाटन गरिएको वडा कार्यलयले जनाएको छ ।

    सो अवसरमा गलकोट नगरपालिका वडा नम्बर ४ खरुवा निवासी हाल जापानमा कार्यरत व्यवसायी भिम बहादुर खत्रीद्धारा गलकोट नगरपालिका भित्रका कक्षा ६ देखि १० सम्म विभिन्न विद्यालयका १० जना विपन्न परिवारका विद्यार्थीहरुलाई जनहि १५ हजारका दरले छात्रवृद्धि वितरण गरिएको थियो । उक्त अवसरमा नेपाल विद्युत्त प्राधिकरण बागलुङको सहयोगमा गलकोट नगरपालिका वडा नं ४ भित्रका विपन्न १६ घर परिवारलाई निशुल्क रुपमा मिटरवक्स वितरण गरिएको वडा सचिव हेम बहादुर अधिकारीले जानकारी दिनुभयो ।
    कार्यक्रममा वडा कार्यालय भवन निर्माण गर्नका लागि नि शुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाता गलकोट नगरपालिका वडा नं ४ का जान कुमारी न्यौपाने, देवीकला सुवेदी र कृष्णप्रसाद सुवेदीलाई सम्मान गरिएको थियो । सो अवसरमा गलकोट नगरपालिका वडा नं ४ भित्रका सम्पूर्ण आमा समुह विद्यालय उपभोक्ता समिति र क्लवलाई फोहोर व्यवस्थापन गर्नका लागि बाल्टी वितरण गरिएको थियो ।
    कार्यक्रममा वडा सचिव हेम बहादुर अधिकारीले वडाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रम गलकोट नगरपालिका वडा ४ का वडा अध्यक्ष बल बहादुर खत्रीको अध्यक्षयता कार्यपालिका सदस्य शिव कुमारी खत्रीको स्वागत र वडा सचिव हेम बहादुर अधिकारी र भुमे प्राथमिक विद्यालयका शिक्षक कल्पना न्यौपानेको सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij