सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

बागमती प्रदेशभर पेट्रोल बिक्री रोक्ने पम्प सञ्चालकको चेतावनी

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • काठमाडौं । बागमती प्रदेश भित्रका पेट्रोलियम बिक्रेताहरुले आइतबारदेखि पेट्रोल बिक्री नगर्ने चेतावनी दिएका छन् ।

    आफूहरुले पाइरहेको जर्ती सुविधा निगमले कटाउन खोजेको भन्दै व्यवसायीहरुले सो चेतावनी दिएका हुन् ।

    बागमती पेट्रोलियम डिलर एसोशिएसनले विहीबार प्रदेशभरका पेट्रोल पम्पहरुलाई गरेको गोप्य सर्कुलरमा निगमको डिपोबाट १८ माघदेखि पेट्रोल उठाउन नसक्ने अवस्था आएको उल्लेख छ ।

    १२ हजार लिटर डिजेल तथा पेट्रोलमा ३० लिटर जर्तीबापत पाइरहेको थप इन्धन सुविधा कटाउन निगम लागेको एशोसिएसनको आरोप छ ।

    एशोसिएसनका अध्यक्ष अच्युत खड्काले निगमले जर्ती काट्न लागेकाले व्यवसायीहरुलाई सर्कुलर गरिएको बताए । आफूहरुले व्यहोर्दै आएको नोक्सानीबापत तीन वर्षअघि लडेर प्राप्त गरेको अधिकार निगमले खोस्न नमिल्ने खड्काले बताए । ‘गोपाल खड्काको पालामै हामीले लडेर यो सुविधा पाएका हौं । हामी साँच्चै मारमा छौं, यो सुविधा काटे सशक्त आन्दोलन हुन्छ तर उपभोक्तालाई अप्ठ्यारो पार्ने हाम्रो नियत होइन,’ खड्काले भने ।

    नेपाल आयल निगमले भने जर्ती सुविधा नदिनेबारे निर्णय नभइसकेको तर यसको औचित्यबारे अध्ययन थालेको जनाएको छ ।

    जर्तीबारे निगमले काठमाडौं विश्वविद्यालय मार्फत अध्ययन गरेको र उक्त सुविधा वैज्ञानिक भएमात्रै दिन सकिने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए । ‘अध्ययन भइरहेको विषयलाई लिएर व्यवसायीले पेट्रोल नउठाउने तथा उपभोक्तालाई दुःख दिने काम गरे निगमले कारबाही अघि बढाउँछ,’ पौडेलले भने ।

    व्यवसायीहरुले आइतबारबाट पेट्रोल नकिन्ने व्यवसायीको घोषणाबारे भने कुनै जानकारी नभएको निगमले जनाएको छ ।

    नेपाल आयल निगम बागमती प्रादेशिक डिपो थानकोटका अनुसार प्रदेशभित्र १५० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छन् । बागमती प्रदेशमा दैनिक ६ लाख लिटर पेट्रोल बिक्री हुने गरेको निगमले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij