आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पीएम कप फाइनल : आर्मीले एपीएफलाई दियो २१२ रनको लक्ष्य

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • १७ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लब भिडिरहेका छन् ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भइरहेको खेलमा आर्मीले एपीएफलाई जितका लागि २१२  रनको लक्ष्य दिएको छ । एपीएफले टस जितर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २११ रन बनाएको हो ।

    आर्मीका लागि हरि चौहानले अर्धशतकीय इनिङ्स खेल्दै सर्वाधिक ५८ रन बनाए । यस्तै राजेश पुलामी मगरले २८ रन बनाए । शहाब आलमल २५ रनमा अविजित रहे । अन्य खेलाडीले उल्लेख्लय ब्याटिङ गर्न सकेनन् । एपीएफका लागि अभिनाश बोहरा एक्लैले ४ विकेट लिए ।

    एपीएफविरुद्धले आर्मीले अनिल मण्डलसँगै बलर सुशन भारीलाई ओपनिङ गराएको थियो । ९ ओभरमा दुई जनाले ३२ रनको साझेदारी गरेका थिए ।

    तर किशोर महतोले भारीलाई नवौं ओभरको अनतिम बलमा विकेटकिपर सुबास खकुरेलबाट क्याचआउट गराए । लगत्तै अर्को ओभरको पहिलो बलमा अभिनाश बोहराले अर्का ओपनर मण्डललाई आसिफ शेखबाट क्याचआउट गराएपछि आर्मीले ३२ रन हादा २ विकेट गुमायो ।

    त्यसपछि भिम शार्की ७ रन बनाएर १८औं ओभरको पहिलो बलमा आउट भए । अभिनाश बोहराको बलमा सुवास खकुरेलबाट धिम क्याचआउट भए । धिमले ३६ बल खेल्दै जम्मा ७ रन बनाए । भिम आउट भएपछि पाँचौ नम्बरमा ब्याटिङ गरेका रोहितसंग ऐरीले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे ।

    तर १३ रन बनाएका रोहित कुमार पौडेल भुवन कार्कीको बलमा अमर राउटेलाबाट २७औं ओभरको दोस्रो बलमा क्याचआउट भए । कप्तान विनोद भण्डारी पनि ७ रन बनाएर आउट हुँदा आर्मीले ३३.४ ओभरमा १०७ रन हुँदा पाँच विकेट गुमायो । निवौलाई कमलले एलबिडब्ल्यु धरापमा पारे । राजेशले २९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।

    यस्तै छैटौं विकेटका लागि हरिले राजेश पुलामी मगरसंग ४४ रनको साझेदारी गरे । त्यसपछि आठौं नम्बरमा ब्याटिङ गरेका लोकेश बामले आक्रमक ब्याटिङ गर्दै आर्मीको रन गति बढउने प्रयसा गरेका थिए । तर ९ बल खेल्दै २ छक्का मद्दतमा १५ रन बनाएर लोकेश ४५औं ओभरको चौथो बलमा आउट भए । अभिनाशले किशोर महतोको हातबाट लोकेशलाई क्याचआउट गराए ।

    ४७औं ओभरको पहिलो बलमै एपीएफका अभिनाश बोहराले हरि चौहानलाई कमल ऐरीबाट क्याचआउट गराउदा आर्मीले आठौं विकेट गुमायो । चौहानले १०२ बल खेल्दै ६ चौका मद्दतमा सर्वाधिक ५८ रन बनाए ।

    अन्तिम ओभरको दोस्रो बलमा विक्रम सोव ११ रन बनाएर आउट भए । उनलाई एपीएफका कप्तान शरद भेषावकरले कमल ऐरीबाट क्याचआउट गराए । शहाब आलम २५ रनमा अविजित रहे । उनले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।

    एपीएफका लागि शानदार बलिङ गरेका अभिनाश बोहराले  विकेट लिए । किफायती बलिङ समेत गरेका उनले १० ओभरमा २ ओभर मेडन राख्दै २५ रन खर्चिएर ४ विकेट लिए । प्रतियोगितामा १४ विकेट लिएका अभिनाश सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।

    यस्तै किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए ।

    कमल ऐरी र भुवन कार्कीले १-१ विकेट लिए । भुवनले १० ओभरमा २६ रन मात्र खर्चिए । कमलले १० ओभरमा १ मेडन राख्दै ३४ रन खर्चिए । कप्तान शरदले ६ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए ।

    एपीएफले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । समूह चरणमा एपीएफले आर्मीलाई ६ रनले पराजित गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij