आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गर्लफ्रेण्डसँग घुम्न गएका रोनाल्डो समस्यामा पर्न सक्ने

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • काठमाडौं। युभेन्टसका पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो समस्यामा पर्न सक्छन् । उनीमाथि कोरोना नियम उल्लंघनको आरोप लागेको छ । २ दिनको आरामको समयमा उनी पहाडमा विदा मनाउन गएका थिए । अहिले यस विषयमा जाँच भइरहेको छ । रोनाल्डो आफ्नी पार्टनर जर्जिना रोड्रिग्ससँग मंगलबार र बुधबार उत्तर पश्चिमी इटलीको डि ओस्टा क्षेत्रमा गएका थिए ।

    रोनाल्डोको एउटा भिडियो पनि सामाजिक संजालमा पोस्ट गरिएको थियो जुन पछि हटाइयो । रोनाल्डो एरिया पिडमोन्टमा बस्छन् । अहिलेको नियमअनुसार उनी आफ्नो घरबाट अर्को क्षेत्रमा जान पाउँदैन । उनी आपतकालीन अवस्थामा मात्र यात्रा गर्न पाउँछन् । यसका अलावा उनी दुई क्षेत्रको यात्रा गर्न पाउँदैनन् । रिपोर्टका अनुसार पुलिसले यो मामिलामा जाँच गरिरहेको छ । आरोप प्रमाणित भए रोनाल्डो विरुद्ध कारवाही गर्न सकिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij