मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

कोरोनाविरुद्धको खोपले असर देखियो, ढुक्क भएर खोप लगाउन सरकारको आग्रह

  • प्रकाशित मिति : शनिबार, माघ १७, २०७७



  • काठमाडौं । नेपालमा कोरोनाविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा केही व्यक्तिमा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिएको जानकारी दिनुभयो ।

    सहप्रवक्ता अधिकारीले ती व्यक्तिमा देखिएको असर केही समयपछि आफँै हराएर जाने गरेको बताउनुभयो । खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । उहाँले खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने देखिने भन्दै कसैलाई दुई–तीन घण्टामा केहीलाई एक–दुई दिनमा निको हुने बताउनुभयो ।

    डा. अधिकारीले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या भने नदेखिएको बताउनुभयो । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोध गरेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १ सय ६९ खोप केन्द्रबाट ४६ हजार १ सय ९७ जनाले लगाएका छन् । भारत सरकारले सहयोग स्वरुप दिएको १० लाख डोज खोप बुधबारदेखि लगाउन थालिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij