प्रकाशित मिति : शनिबार, माघ १७, २०७७
ईश्वर सुवेदी,बागलुङ।
बागलुङ जिल्लाको गलकोट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका नागरिकहरु नगर सदरमुकाम तथा जनप्रतिनिधिसगं सम्पर्कमा आउँन नसक्दा पछाडी परेको समुदायस्तरमा भेटघाट कार्यक्रम संचालन गरिरहेको छ ।
यसैबिच आज गलकोट नगरपालिकाका वडा नम्वर २ को नरेठाँटि जस्पुरमा भेटघाट एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरे, वडा नम्वर २ का अध्यक्ष हिमबहादुर भण्डारी, वडा सदस्य घनश्याम कुँवर लगायतको टोली आज गलकोट नगरपालिका वडा नम्बर २ को नरेठाटि जस्पुरमा पुगि नागरिकहरुसँग प्रत्यक्ष रुपमा भेटघाट एवम् नागरिकहरुको समस्या र समाधानको लागि आफु र आफ्नो स्थानिय सरकारले गर्न सक्ने र गर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
नगर प्रमुख गैरेले स्थानिय सरकार नागरिकहरुसँगै सहज पहुचमा हुनुपर्ने बताउँदै सोहि अनुरुप प्रत्यक्ष रुपमा नागरिकहरुको बस्ती बस्तिमा पुगि नागरिकको समस्या बुझ्ने गरेको बताउँनुभयो । उहाँले वर्तमान समयमा नेपाली राजनितिक अस्थिरता तर्फ उन्मुख भएको भन्दै यसलाई सुरक्षित अवतरण गराउने जिम्मा नागरिकको भएको भन्दै सम्पूर्ण नागरिकहरु जिम्मेवार हुनुपर्ने बताउँनुभयो ।
कार्यक्रममा नगरप्रमुख सहितको जनप्रतिनिधिकोे टोलिले स्थानियस्तरमा भइरहेका योजनाहरुको अनुगमन गर्दै गलकोट नगरपालिका वडा नम्बर २ मा सञ्चालन भइरहेका योजनाहरुलाई नगरपालिकाले सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गलकोट नगरपालिका वडा नम्वर २ का वडा सदस्य घनश्याम कुँवरले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij