सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

कार्भेमा टाटासुमो र मोटरसाइकल आपसमा ठोक्किए, १० जना घाइते

  • प्रकाशित मिति : आइतवार, माघ १८, २०७७



  • काठमाडौं। कार्भेमा आइतबार काठमाडौंबाट बर्दिवासतर्फ गइरहेको टाटासुमो र धरानबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किँदा कम्तिमा १० जना घाइते भएका छन्। प्रहरीका अनुसार काभ्रेको नमोवुद्ध नगरपालिका २ वुच्चाकोट भन्ने स्थानमा भएको दुर्घटनामा १० जना घाइते भएका छन्। ती मध्ये दुईजनाको अवस्था चिन्ताजनक छ।

    प्रहरीका अनुसार आइतबार दिउँसो भएको दुर्घटनामा परी धनुषाका ३४ वर्षीय सुमो चालक लेखबहादुर सिन्जाली मगर र जिल्ला सिन्धुली कमलामाई नगरपालिका ४ की २०वर्षीया सपना श्रेष्ठ गम्भीर घाइते भएका छन्।

    घाइतेको सशस्त्र प्रहरी बल,नं १५ गणबाट खटिएको टोली र प्रहरी चौकी भकुण्डेबाट खटिएको टोलीले उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुवाष भट्टराईले बताए। सशस्त्र प्रहरी दुर्घटना स्थल नजिकै भएकोले घाइतेको तत्कालै उद्दार हुन पुगेकाले मृत्युको मुखमा पुगेकालाई वचाउन सकिएको स्थानियले बताएका छन्।

    दुर्घटनाग्रस्त टाटा सुमो सडकबाट करिव १ सय पचास मिटर तल भिरमा खसेको थियो। घटनामा मोटरसाइकल चालक जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ का २५ वर्षीय प्रशान्त हुमागाई र मोटरसाइलकको पछाडि बसेका सोही स्थानका २३ वर्षीय कैलाश दाहाल सामान्य घाइते भएका छन्।

    घटनामा धनुषाका ३४ वर्षीय सुमो चालक लेखबहादुर सिंजाली मगर, सिन्धुली कमलामाई नगरपालिका ४ की २० वर्षीया सपना श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका ३ की ५२ वर्षीया विष्णु माया श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका ४ की मिना कुमारी श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका ३ का ३३ वर्षीय प्रकाश श्रेष्ठ, सिन्धुली कमलामाई नगरपालिका ६ की ५५ वर्षया बिष्णु माया तामाङ, सिन्धुली कमलामाई नगरपालिका ७ का ३९ वर्षीय जयप्रकाश न्यौपने र सिन्धुली कमलामाई नगरपालिका ६ की ५६ वर्षीया सुकीमाया मोक्तान घाइते भएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij