प्रकाशित मिति : सोमवार, माघ १९, २०७७
काठमाडौं । केन्द्रीय कारागारमा रहेका कैदीहरुले सोमबार कोरोनाविरुद्धको खोप लगाएका छन्। सदर जेल सुन्धारा कारागारमा रहेका २ हजार ५ सय कैदीलाई सोमबार कोरोनाविरुद्धको खोप लगाइएको छ।
यस्तै डिल्ली बजार कारागारमा रहेका ४ सय ८० कैदीलाई खोप लगाइएको छ। यस्तै ४१ जना स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप लगाइएको छ। अझै ८ सय जना महिला कैदीहरु खोप लगाउन बाँकी रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह र राष्ट्रिय खोप कार्यक्रमका प्रमुख झलक शर्मा गौतमको उपस्थितमा कैदीहरुलाई खोप लगाइएको हो।
भारतले निःशुल्क दिएको कोभिशिल्ड नामक खोप दिन शुरु गरिएको छ। यही माघ १४ बाट खोप अभियान शुरु भएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij