सोमवार, कार्तिक २४, २०८३ | Monday 9th November 2026

आठ वर्षकी छोरीलाई पढाईको महत्व बुझाउन ट्वीङ्कल हरेक दिन बिहान छोरीसँगै पढ्छिन् किताबका २५ पाना

  • प्रकाशित मिति : बुधबार, माघ २१, २०७७



  • पैसा र प्रसिद्धिले बच्चालाई बिगार्छ भन्ने आमा मान्यता रहेको छ । तर बलिउडकाम थुप्रै सेलिब्रिटी आमा छन् जसले आफ्नो बालबच्चाको लालन पालनमा उदाहरण बनिरहेका छन् । ट्वीङ्कल खन्नाले आफ्ना र छोरीका लागि हरेक बिहान कुनै न कुनै किताबो २५ पाना पढ्ने लक्ष्य राखेकी छिन् ता कि छोरीमा पनि पढ्ने बानीको विकास होस् र उनले यसको महत्व बुझुन् । यो लक्ष्य उनी हरेक बिहान हासिल गर्ने कोसिस गर्ने गर्छिन् ।

    अभिनेता अक्षय कुमारकी श्रीमती तथा लेखिका ट्वीङ्कलले मंगलबार सोसल मिडियामा एउटा पोस्ट गरेकी थिइन् । योसँग यसमा तस्बिर पनि जसमा आमा छोरी दुबैजना किताब पढिरहेको देखिएका छन् ।

    ट्वीङ्कले पोस्टमा लेखेकी छिन्, ‘मैले ८ वर्षीया छोरी नितारालाई तिमीले हरेक दिन २५ पाना पढ्नुपर्छ भनेकी छु । म पनि पढ्नेछु । उनले सोधिन् – तर तपाईंलाई कसले टारगेट दिन्छ मम्मा ? जवाफमा मैले भने – ठूलो हुनुको यही नै सबैभन्दा जटिल हिस्सा हो ।’

    ‘तपाईंले आफैंले आफैंलाई यस्ता टास्क दिनुपर्छ । ध्यान राख्नुपर्छ कि तपाईं त्यसमा अडिग रहनुहोस् । ब्रस गरेपछि कपाल नकोरिकनै हामीले दिनको सबैभन्दा राम्रो तरिकाले सुरुवात गरेका छौं । यद्यपि, सधैं २५ पाना नै हुनुपर्छ भन्ने छैन । कहिलेकाँही पाँच पाना मात्रै पढेका हुन्छौं । ’

    ‘के हामी संवाद गर जस्ता शब्द संस्कारमा जोड्न सक्दैनौं ?’ ट्वीङ्कल धेरैजोि बच्चाको विषयमा आफ्नो दैनिकको अनुभव साझा गर्छिन् । अभिभावकत्वमा सुझाव दिइरहन्छिन् । उनले दुईवटा किताब लेखिसकेकी छिन् । उनी भन्छिन्, ‘हाम्रो देशमा आमा बुवालाई पुजिन्छ । हामी सम्मान गर, आज्ञाकारी बन जस्ता शब्द सुनेर हुर्किएका हौं । के हामी यसमा संवाद गर, बिना शर्त प्रेम गर र सहारा बनजस्ता शब्द जोड्न सक्दैनौं ?’

    यी अभिनेत्री पनि उदाहरणः

    जीवनशैलीः शिल्पा शेट्टी योगलाई अपनाइसकेकी छिन् । उनी धेरैजसो छोरा विवानसँग योग गरिरहेको देखिन्छिन् । उनलाई प्रेरित गर्छिन् ।

    स्वास्थ्यः माधुरी दीक्षित आफ्ना दुबै बच्चालाई राम्रोसँग हात धुन, बिहान उठ्ने बित्तिकै ब्रस गर्न र जति नै ढिला भएपनि राती सुत्नु अघि ब्रस गर्न सुझाउँछिन् । उनी आफैं पनि यो कुरामा अडिग छिन् ।

    व्यवहारः डिनाइनर तथा ऋतिक रोशनकी पूर्व श्रीमती सुजैन खान आफ्नो निर्णय आफैं लिन्छिन् । बच्चालाई पनि उनीहरुको निर्णय लिन दिन्छिन् ता कि उनीहरुमा आत्मविश्वास पैदा हुन सकोस् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij