आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१७ बर्षिया किशोरीको हत्यारालाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • प्रकाशित मिति : आइतवार, माघ २५, २०७७



  • डडेल्धुरा, माघ २५ । सुदूरपश्चिम प्रदेश बैतडीकी १७ वर्षिया किशोरी भगरथी भट्टको हत्याका दोषीलाई कारबाहीको माग गर्दै नागरिक समाज डडेल्धुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।

    प्रमुख जिल्ला अधिकारी मार्फत पठाइएको ज्ञापनपत्रमा बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नं.७ चडेपानीकी भागरथी कुमारी भट्टको बलात्कारपछि हत्या भएबाट सम्पूर्ण समाज स्तब्ध भएको ज्ञापनपत्रमा उल्लेख छ ।

    अपराधीलाई कानूनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै नागरिक समाजले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत ज्ञापनपत्र पठाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij