आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तास खेल्दै गरेको अवस्थामा सात पक्राउ

  • प्रकाशित मिति : सोमवार, माघ २६, २०७७



  • स्याङ्जा । तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल, ३८ वर्षीय लोकनाथ गिरी, ५७ वर्षीय कृष्ण थकाली र ५१ वर्षीय भक्तबहादुर दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

    तास खेल्नेहरुको साथबाट रु ३५ हजार ९६० नेपाली र १७ हजार १३० भारतीय रुपैयाँसहित चार बुक ताससमेत बरामद गरिएको छ। पक्राउ परेकाहरुलाई १० दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij