आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेनाको गोप्य बेसमा अश्लील भिडियो खिचिरहेको अवस्थामा जलसेनाकी लेफ्टिनेन्ट समातिइन्

  • प्रकाशित मिति : सोमवार, माघ २६, २०७७



  • काठमाडौं। बेलायतको रोयल नेभीकी २९ वर्षकी एक अफिसर विवादमा परेकी छिन् । लेफ्टिनेन्ट क्लेयर जेनकिंग्सले एक एडल्ट वेबसाइटमा आफ्नो भिडियो बेचेर पैसा कमाइरहेको खुलेको छ । उनले यी भिडियो सेनाको अत्यन्तै गोप्य आणविक बेसमा बनाइरहेको खुलेको छ । क्लेयरको भिडियो विवादको खुलासासँगै यो गोप्य स्थानको सुरक्षाको विषयमा चिन्ता बढेको छ । क्याली टेलर भनेर पनि चिनिने क्लेयरका अधिकांश भिडियोहरु स्कटल्याण्डको ग्लासगो शहरको फासले न्यूक्लियर सबमरिन हेडक्वार्टरमा खिचिएका छन् ।

    डेलीमेलको रिपोर्टअनुसार कमाण्डरले यो कुरा थाहा पाएपछि उनलाई विश्वास नै नभएको एक स्रोतले बताएको छ । क्लेयरले आफ्ना ब्वाइफ्रेण्डसँग ती भिडियो बनाइरहेकी थिइन् । उनका ब्वाइफ्रेण्ड पनि नेभी अफिसर हुन् । यी महिला अफिसरको सेनामा समुद्रमा स्पेसल फोर्स तयार गर्ने जिम्मेवारी छ । यसका अलावा टम हक क्रुज मिसाइलप्रति पनि जिम्मेवार यी अधिकारीले वारफेयर अफिसरको रुपमा एक पनडुब्बीको नेतृत्व पनि गरिसकेकी छिन् ।

    उनको व्यक्तित्वको अर्को पाटोबारे भने अहिले मात्र खुलासा भएको हो । उनी आफ्ना तस्वीर र भिडियो ओन्लीफ्यान्स जस्ता प्लेटफर्ममा शेयर गर्छिन् र यसबाट राम्रो पैसा कमाइरहेकी छिन् । यी भिडियोमा उनी आफ्ना प्रेमी लियाम डोडिंगटनसँग देखिन्छिन् । यसबारेमा सोधपुछ गरिँदा क्लेयरले आफ्ना अधिकारीलाई आफ्नो यो कामबारे बताइन् तर उनको भिडियो र फोटो पोस्ट गर्ने सिलसिला रोकिएन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij