आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तातोपानी नाका सञ्चालनको दोस्रो दिन ८ वटा कन्टेनर आउने

  • प्रकाशित मिति : बुधबार, माघ २८, २०७७



  • काठमाडौं । तीन सातादेखि पूर्ण रुपले बन्द तातोपानी नाका आंशिक रुपमा सञ्चालनमा आएको छ ।

    नेपाल–चिन सिमाको मितेरी पुल मर्मत सम्भारका लागि बन्द गरिएको तातोपानी नाका हिजोदेखि संचालनमा आएको हो ।

    चिनियाँ व्यापारिक नाका तातोपानी अन्तर्गत मितेरी पुल निर्माण गर्न गत माघ ७ गतेदेखि बन्द भएको थियो ।

    निर्माणको काम सकिएपछि नाका पुन संचालनमा आएको हो । नाका संचालन भएको पहिलो दिनमै व्यापारिक कारोबार सुरु भएको छ ।

    हिजो भन्सारमा ६ कन्टेनर सामान भित्रिएको छ । आजपनि ८ वटा कन्टेनर आउने बताईएको छ । नाकामा रोकिएको पुरानो कन्टेनर आएपछि तातोपानी भन्सारमा दैनिक २० कन्टेनर आउने निर्णय भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij