आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फारम भर्ने सबैले लालपुर्जा पाउदैनन! उपमहानगर!

  • प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७



  • रमा बुढा मगर —-=

    तुलसिपुर माघ २९, भुमी सम्बन्धी समस्या समाधान आयोग का कार्यालय हरु बाट जग्गा दर्ता सम्बन्धमा फारम भरेका सबै ले जग्गा नपाउने भएका छन! फारम भर्ने हरु मध्य भुमिहिन सुकुम्बासी र भुमिहिन दलित ले छानबिन गरे पछि मापदन्ड बनाएर मात्रै लालपुर्जा पाउने छन

    तुलसिपुर उपमहानगर का मेयर घनश्याम पाण्डे ले राप्ती पहिचान सङ्ग भने! उनका अनुसार बाजे बाबू र आफ्नो नाम मा जमिन नभएका तीन पुस्ते भुमिहिन दलित र भुमिहिन सुकुम्बासीका हकमा हामी ले तथ्याङ्क संकलन गर्ने र वास्तविक भुमिहिन दलित र भुमिहिन सुकुम्बासी हरुको तथ्याङ्क यो पालिका समिती ले भुमि सम्बन्धी समस्या समाधान आयोग को जिल्ला समिति मा पठाउछौ, त्यस पछि जिल्ला ले छानविन गरे पछि प्रदेश समितिमा पठाउछ प्रदेश समिती ले छानविन गरेर आयोगको संघिय समितिमा पठाउछ संघिय समितीले छानविन गर्दा वास्तविक भुमिहिन ठहर भएका हरुलाई भुमी ब्यबश्था मन्त्रालय का तोकिएका कार्यालय ले जग्गा र पुर्जा दिने हो पाण्डे ले भने! यता आयोग ले फारम भर्न सुचना गरे पछी आफ्नो नाम मा जग्गा जमिन भएका हरुले पनि धमाधम फारम भर्ने गरेका छन!

    हामीले माघ २९ गते उपमहानगर को वडा नं ६ मा सर्वेक्षण गर्दा फारम भर्ने हरुमा खास भुमिहिन एक जना पनि भेटिएनन! ऐलानी जग्गा को लालपुर्जा पाइन्छ भनेर फारम भर्न आएको हुँ मेरो नापी नम्बरी जग्गा सङ्ग सटेको ऐलानी जग्गा छ एक सेवाग्राही ले राप्ती पहिचान लाई भने!

    मेरो खेती गर्ने जग्गा नापी नम्बरी भएको भए पनी तुलसिपुर ६ मा ऐलानी घडेरी छ त्यसको पुर्जा पाइन्छ भनेर फारम भर्न आएको हुँ अर्का सेवाग्राही ले भने! हामिले तथ्याङ्क संकलन गर्ने हो तथ्याङ्क संकलन गर्दा आफू सङ्ग भएको जग्गाको लालपुर्जा को फोटो कपी पनि फारममा पेश गर्न लगाएका छौं फारम संकलन पछी समस्या समाधान आयोग ले फारम भर्ने ब्यक्ती को नाम मा ७७ वटै जिल्ला मा जग्गा भए नभएको बारे सफ्ट्वेयर ले जाँच्ने काम गर्छ र कतै जग्गा नभएका तीन पुस्ते वास्तविक भुमिहिन लाई नीति नियम बनाएर राज्य ले जग्गा र लालपुर्जा दिने हो उपमहानरपालिका ले दिने होइन, उप मनपा का प्रमुख प्रशासकिय अधिकृत भास्कर गौतम ले हामिलाइ बताए!

    यहाँ त नाममा जग्गा हुने ले पनि फारम भरेका छन नी तिनी हरुले पुर्जा पाउँछन् कि पाउदैनन भन्ने प्रश्नमा भुमी सम्बन्धी ८औ संशोधन सहितको ऐन २०७६ ले सुकुम्बासी को मापदन्ड बनाएको छ त्यो मापदन्ड भित्र पर्ने लाई जग्गा र लालपुर्जा राज्य ले दिन्छ, तर फारम भरेका सबैले लालपुर्जा पौदनन गौतम ले अगाडि भने!

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij