आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोरखामा प्रदेश मातहतका ४ पुलको म्याद थपेको थप्यै

  • प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७



  • गोरखा । संघबाट प्रदेशमा हस्तान्तरण भएका गोरखाका चार वटा मोटरेवल पुल अलपत्र अवस्थामा छन् । पुल निर्माण हुने समय भइसके पनि ठेकेदारले लापरवाही गरी पटक पटक म्याद मात्र थप्न लगाएका छन् ।

    एक बर्षअघि नै निर्माण भइसक्नुपर्ने पालुङटार नगरपालिकाको बडहरे खोला पुलको ४० प्रतिशत र लगाम खोला पुलको ९५ प्रतिशत मात्र काम भएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ ।

    दुवै पुल निर्माणका लागि निलगिरी निर्माण सेवासँग २०७५ वैशाख २० गते सम्झौता भएको थियो । २०७६ साउन २० सम्ममा काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर दुई पटक म्याद थप भइसक्यो । अन्तिम पटक थपिएको म्याद अनुसार २०७७ असोज २९ गतेसम्म काम सक्नुपर्ने भएपनि हालसम्म काम पूरा नभएको कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर गणेश सुवेदीले बताए । ‘पटक/पटक म्याद थप भइसक्दा पनि काम सकिएको छैन,’ उनले भने ।

    बडहरे खोला पुलको लागत एक करोड १८ लाख र लगाम खोला पुलको लागत एक करोड १० लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै गोरखा नगरपालिका र शहीद लखन गाउँपालिका जोड्ने लुदी खोला पुल र गोरखा–पालुङटार जोड्ने दरौदी खोला पुल पनि अलपत्र छ । दरौंदी खोला पुल निर्माणका लागि इलाइट एडभेन्चर धनथान जेभीसँग २०७३ साल असार २७ गते सम्झौता भएको थियो ।

    सम्झौता अनुसार २०७५ असार मसान्तसम्म काम सक्नुपर्ने हो । तर समयमै काम नभएपछि दुई पटक म्याद थप भइसकेको कार्यालयका इन्जिनियर सुवेदीले बताए ।

    ‘अन्तिम पटक थप भएको म्याद अनुसार २०७७ साल जेठ मसान्त भित्र काम सक्नुपर्ने हो, तर अहिलेसम्म ४५ प्रतिशत भन्दा बढी काम भएको छैन,’ उनले भने । यो पुल निर्माणका लागि निर्माण कम्पनीसँग ४ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

    लुदी खोला पुल निर्माणको काममा पनि ठेकेदारकाले उस्तै लापरवाही छ । पुल निर्माणका लागि निलगिरी अधिकारी जेभीसँग २०७५ असार २९ गते सम्झौता भएको थियो ।

    सम्झौता अनुसार २०७६ असार १५ गते काम सक्नुपर्ने हो । काम नसकेपछि दुई पटक म्याद थप भइसकेको सुवेदी बताउँछन् । अन्तिम पटक थप भएको म्याद अनुसार २०७७ पुस ११ गतेभित्र काम सक्नुपर्ने थियो । तर हालसम्म करिव ८५ प्रतिशत मात्र काम सकिएको उनले बताए । यो पुल निर्माण गर्न ४ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

    ठेकेदारलाई जरिवाना

    पटक पटक थप गरिएको समयमा पनि काम सम्पन्न नगरेपछि निर्माण कम्पनीलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

    माघ महिनादेखि ठेक्का सम्झौता रकमको प्रति दिन ०.०५ प्रतिशत जरिवाना तोकिएको कार्यालय प्रमुख दयाराम अधिकारीले बताए । ‘हामीले दश प्रतिशतसम्म जरिवाना लिन मिल्छ, माघ महिनादेखि उहाँहरुलाई जरिवाना लगाइसकेको छ,’ उनले भने ।

    दरौंदी खोला पुल निर्माणको जिम्मा लिएको इलाइट एडभेन्चर धनथान जेभीले कोरोनाका कारण समस्या भएको बताएको छ । ‘कोरोना पनि भयो, फेरि पाइलिङ गर्दा चट्टान भेटिएर समस्या पनि वनायो,’ इलाइट एडभेन्चर धनथान जेभीका प्रकाश पौडेलले भने ।

    बाँकी पुलको जिम्मा लिएको निर्माण कम्पनीका डालनाथ अधिकारीले जग्गा मुआब्जाको विवादका कारण लुदी खोला पुल निर्माणमा ढिलाइ भएको बताए । उनले अबको एक महिनामा काम सक्ने दावी गरे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij