आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अन्तराष्ट्रिय मुर्तिकला र घुम्टेलाई बिकास गर्न ७ करोड बजेट बिनीयोजन।।

  • प्रकाशित मिति : शुक्रबार, माघ ३०, २०७७



  • ईश्वर सुबेदी, बागलुङ।बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा न ५ को टेउवामा अबस्थीत अन्तर्राष्ट्रिय मूर्तिकला संग्रहालय र घुम्टेको बिकासको लागी ७ करोड बजेट बिनियोजन भएको छ । राष्ट्रिय महत्वबोकेको मुर्तिकला र जिल्लाकै अग्लो पहाड घुम्टेमा सडक बिस्तार तथा पुर्वाधार निर्माणको लागी संघिय सरकार तथा गलकोट नगरपालिकाको साझेदारीमा बजेट बिनियोजन भएको हो ।

    संघिय सरकारको ६७ प्रतिशत तथा गलकोट नगरपालिका को ३३ प्रतिशत गरि साझेदारी पुर्वाधार निर्माणको लागी संघीय सरकार अन्तरगर्त सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट पर्यटन विकासका लागि ७ करोड रुपैयाँ बिनीयोजन गरेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।

    गलकोट मात्रै नभएर बागलुङ जिल्ला संगैं समग्र गण्डकी प्रदेशलाई समेत चिनाउने गरि गलकोटमा गत फागुनमा सम्पन्न अन्तराष्ट्रिय मुर्तिकला कार्यशालाको डिपिआर अनुसार बजेट बिनियोजन भएको नगर प्रमुख गैरेले बताउनुभयो ।

    मुर्तीकला संगैं र घुम्टे लाई अन्तर्राष्ट्रिय स्तरमै प्रख्यात बनाउने उदेश्यका साथ नगरपालिकाले गुरुयोजना बनाइ अगाडि बढाएको थियो । मुर्तिकला कार्यशाला संचालन गरेको गलकोट कला प्रतिष्ठान तथा घुम्टेलाई पर्यटकिय गन्तब्य बनाउने योजना अनुसार काम संचालन गरेको गलकोट घुम्टे पर्यटन बिकास केन्द्र समग्र गल्कोट संग छलफल गरि हामीले गुरुयोजना बनाएका थियौं नगरप्रमुख गैरेले भन्नुभयो, उत्त गुरुयोजना अनसार स्थानीय सरकारको समेत साझेदारी हुने गरि संघिय सरकार अन्तरगर्त सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा माग गरिएको थियो ।

    संघिय सरकारले गलकोटबासीको मागलाई सम्वोधन गरेको भन्दै नगरप्रमुख गैरेले संघीय सरकार को सस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई समेत धन्यवाद ब्यक्त गर्नुभयो ।

    अब यो बजेटको सहि रुपमा कार्यान्वयन गरि अन्तर्राष्ट्रिय मुर्तिकला संग्राहलयलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार हुनेगरी गुरुयोजना अनुसार काम संचालन गर्नुपर्ने गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचाको भनाई छ । उहाँले गुरासको पहाडको रुपमा स्थापना गर्न थालिएको घुम्टे शिरसम्म पुग्नका लागि देउरालीसम्म मोटर बाटोको निर्माण गरि सहज बनाउँने योजनालाई पुरा गर्नुपर्ने बताउँनुभयो ।

    गलकोट नगरपालिकाले ३ तहको सरकारको साझेदारी हुने गरि संचालन गर्ने योजनाको प्राथमिकीकरण समेत गर्ने गरेको छ । आगामी दिनमा समेत स्थानीय सरकारको साझेदारीमा संचालन गर्न सकिने ठुला योजनाहरुको गुरुयोजना बनाई संघ तथा प्रदेश सरकारसंग माग गर्ने गल्कोट नगरपालिकाकि उप प्रमुख काउचाले बताउँनुभयो ।

    उहाँले गुरासंको पहाडको रुपमा स्थापना गर्न थालिएको घुम्टे शिरसम्म पुग्नका लागि देउरालीसम्म मोटर बाटोको निर्माण गरि सहज बनाउँने योजनालाई पुरा गर्नुपर्ने बताउँनुभयो ।

    गलकोट नगरपालिकाले ३ तहको सरकारको साझेदारी हुने गरि संचालन गर्ने योजनाको प्राथमिकीकरण समेत गर्ने गरेको छ । आगामी दिनमा समेत स्थानीय सरकारको साझेदारीमा संचालन गर्न सकिने ठुला योजनाहरुको गुरुयोजना बनाई संघ तथा प्रदेश सरकारसंग माग गर्ने गल्कोट नगरपालिकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij