प्रकाशित मिति : आइतवार, फाल्गुन २, २०७७
तुलसीपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षमा रामप्रसाद चालिसे बिजयी भएका छन् ।
१६ सय ५९ खसेकाे मतमा चालिसेले ८२९ मत ल्याएर विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसको तर्फबाट प्रजातान्त्रिक प्यानल उठेका टेकन प्रसाद बस्नेत (हिमाल)ले ७ सय ९५ मत ल्याए ।

यस्तै उद्योग उपाध्यक्षमा ललितजंग विजयी भएका छन । बाणिज्य उपाध्यक्षमा मिनराज भण्डारी विजयी भएका छन । उनले ९ सय ७१ मत प्राप्त गरे ।
खुल्ला उपाध्यक्षमा रुपबहादुर खत्री, महासचिबमा विनिल केसी, सचिबमा वेदप्रसाद, कोषाध्यक्षमा देवबहादुर केसी विजयी भएका छन ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij