प्रकाशित मिति : आइतवार, फाल्गुन २, २०७७
ईश्वर सुवेदी,बागलुङ।बागलुङ जिल्लाको गल्कोटबाट प्रकाशन हुने गल्कोट पत्र साप्ताहिको दसौँ वार्षिकोत्सवको पावन अबसरमा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सञ्चार माध्यमले रचनात्मक आलोचना सहित विकास निर्माणमा सहयोग पु¥याउनुपर्ने वताउँनुभयो । उहाँले सञ्चारको प्रभावकारी व्यवस्थापन र समय सापेक्ष प्रविधिको समेत अवलम्वन गर्नुपर्ने वताउँनुभएको छ ।
गलकोट सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा प्रकाशित गलकोट पत्र साप्ताहिकको दशौँ वार्षिकोत्सवलाई आज सम्वोधन गर्दै नगरप्रमुख गैरेले राज्यको चौथो अङ्गले पुर्वाआग्रह विहिन रुपमा रचनात्मक आलोचना गर्नुपर्ने वताउँनुभयो । उहाँले ग्रामिण सञ्चारको जिम्मेवारी स्थानिय सरकार सञ्चालनको लागि सहयोग र खवरदारी दुवै हुने वताउँनुभयो ।
उहाँले सुचना र सञ्चारमा स्थानिय सरकारले लगानि गरि आम नागरिकको सुचना पाउने अधिकार स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गलकोटको सञ्चारमा महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने गलकोट पत्र साप्ताहिक तथा रेडियो गलकोटमा आवश्यक लगानि गरि यसलाई दरिलो र वलियो वनाउन प्रतिवद्ध रहेको वताउँनुभयो ।
नगरप्रमुख गैरेले सँघिय सरकार अभिव्यक्ति स्वतन्त्रता माथि निरङ्कुश बनेको भन्दै सांसद समेत रहेका व्यक्तिलाई गिरफ्तार गरि पाँच घण्टामा मौन रिहाई गरेर नाटक गरेको समेत आरोप लगाउँनुभयो । उहाँले जनताको जनमतको कदर गर्न नसकि अस्थिर हुनु आफैमा विडम्वना भएको वताउँनुभयो । उहाँले वर्तमान सरकार जनभावना विपरित तुच्छ तथा अराजनितिक विरोधका कार्यक्रममा सहभागि भएको भन्दै पद र शक्तिको लडाई अन्त्य गरि जनअभिमत अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले सञ्चार माध्यमले सधै सकारात्मक सन्देश दिनुपर्ने र आवाज विहिनका आवाजहरुलाई उजागर गर्नुपर्ने वताउँनुभयो । उहाँले गलकोट पत्र साप्ताहिक गलकोटकै पहिलो सञ्चार माध्यम भएको र १० वर्ष निरन्तरता दिनु आफैमा गौरवपुर्ण भएको वताउँनुभयो । उहाँले गलकोट क्षेत्रका गतिविधिलाई समुदायस्तरमा पुर्याउन पत्रीकाले उद्घोष गरेको स्थानिय संञ्चार, समुदायका लागि शक्ति र अवसर भन्ने उद्घोष आफैमा महत्त्वपुर्ण रहेको वताउँनुभयो । उहाँले देशमै नमुना पत्रीकाको रुपमा स्थापनमा हुने गरि पत्रीकाले विषयवस्तु उजागर गर्न आवश्यक रहेको वताउँनुभयो ।
गलकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्माले सुचना पाउनु जनताको मौलिक हक अधिकार रहेकोले तथ्यपरक, सत्य, स्पष्ट र पुर्वाआग्रह बिना समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो । उहाँले सञ्चार माध्यम सधै जनताको साथी बन्नुपर्ने वताउँनुभयो । उहाँले स्थानिय पत्रीकाले स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने वताउँनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टि नेकपा गलकोट नगरकमिटिका सचिवालय सदस्य कौशिला घर्ती मगर, नेपाली काङ्ग्रेस गलकोट नगरकमिटिका उप सभापती यज्ञ प्रसाद सापकोटा, राष्ट्रिय जनमोर्चा वागलुङका सदस्य पदम श्रेष्ठ, गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष हिम वहादुर भण्डारी हेमन्त लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वि.सं. २०६७ फागुन २ गतेदेखि निरन्तर रुपमा प्रकाशन भएको गलकोट पत्र साप्ताहिक, प्रेस काउन्सिल नेपाल, पत्रपत्रिका वर्गिकरणमा स्थानिय ख वर्गको पत्रीका हो ।
कार्यक्रम गलकोट सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष विरेन्द्र श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष मञ्जु शर्मा चालिसेको स्वागत, सल्लाहकार सदस्य दिनेश पन्तको धन्यवाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव विर वहादुर चोखालले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij