मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

थप १०४ जनामा कोरोना पुष्टि

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ३, २०७७



  • थप १०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ । थप तीन हजार ५०१ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख १७ हजार ५० जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार ६० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर १३१ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ६०४ सक्रिय सङ्क्रमित रहेका छन् ।

    पछिल्लो समय थपिएका कोरोना सङ्क्रमितमा इलाममा एक, उदयपुरमा दुई, धनकुटामा एक, मोरङमा तीन, रौतहटमा एक, काठमाडौँमा ४७, भक्तपुरमा दुई, मकवानपुरमा एक र ललितपुरमा १२ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । यसैगरी कास्कीमा २५ तथा गोरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङजा, कपिलवस्तु, दाङ, पाल्पा एवं सुर्खेतमा एक÷एक जना सङ्क्रमित थपिएका छन् ।

    नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ५४ पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij