मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अण्डाबाट चम्किलो र मुलायम अनुहारः यसरी बनाउनुहोस् फेसप्याक

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७



  • अण्डा तपाईंको शरीरका लागि मात्रै नभई तपाईंको छाला र कपालका लागि पनि निकै फाइदाजनक हुन्छ । अण्डाको सेतो भागलाई ब्यूटी ट्रिटमेन्टको रुपमा प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो भाग मिनरल्स, भिटामिन र प्रोटिनले भरपुर हुन्छ र छालालाई बेदाग बनाएर सुन्दरता बढाउने काम गर्छ । अण्डाको सेतो भागले कसरी फाइदा पुर्याउँछ र यसको फेस प्याक कसरी बनाउन सकिन्छ भनेर जानकारी दिँदै छौं ।

    एन्टि एजिङ फेस प्याकः

    अण्डाको सेता भागको प्रयोग एन्टी एजिङ ट्रिटमेन्टको रुपमा पनि गर्न सकिन्छ । यसका लागि अण्डाको सेतो भाग लिनुहोस् । पहिलो कोट छालामा लगाइसकेपछि माथिबाट टिस्यू पेपर टाँस्नुहोस् र पुनः अण्डाको दोस्रो कोट लगाउनुहोस् । यो कक्रक्क भएपछि सफा पानीले धुनुहोस् । यसले छाला कसिलो बनाउनुका साथै चाउरी पनि हटाउँछ ।

    बेदाग छालाका लागि फेस प्याकः

    अनुहारको दाग धब्बा हटाउनका लागि एक चम्चा अण्डाको सेतो भागमा एक चम्चा चिनी र एक चम्चा कर्न स्टार्च मिसाउनुहोस् । यसले तपाईंको अनुहारबाट ब्ल्याकहेड्स हटाउनुका साथै दाग धब्बा पनि टाढा राख्छ । यदि तपाईंमा छाला चिल्लो छ भने यसमा एक चम्चा कागतीको रस र मह पनि मिसाउन सक्नुहुन्छ । यसले अनुहारको फोहोर हटाउँछ र अनुहार सफा देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij