आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

च्याम्पियन्स लिगमा बार्सिलोना र पीएसजी भिड्दै

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७



  • काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत पहिलो लिगमा मंगलबार राति स्पेनिस क्लब बार्सिलोनाले आफ्नै मैदानमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजी सँग प्रतिस्पर्धा गर्दैछ ।

    बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल राति १ः४५ मा सुरु हुनेछ । लियोनल मेसीको कप्तानीमा उत्रने बार्सिलोना यो सिजन खासै राम्रो प्रदर्शन गर्न सकेको छैन ।

    तर, ला–लिगको पछिल्लो खेलमा फराकिलो जित निकालेको बार्सिलोना आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।

    यता नेयमारविना नै मैदानमा उत्रने पीएसजी बार्सिलोनासँग सन् २०१६÷१७ को च्याम्पियन्स लिगको अन्तिम १६ मा व्यहोरेको फराकिलो हारको बदला लिने योजनामा छ । त्यतिबेला पहिलो लेगमा ४–० को जित निकालेको पीएसजीले दोस्रो लेगमा ६–१ को हार व्यहोरेको थियो ।

    आजको खेलमा केलियन एम्बाप्पेले पीएसजीको लाइन सम्हाल्ने छन् । बार्सिलोनामा भने एन्टोनी ग्रिजम्यान, पेड्रीलगायतका खेलाडीकासाथ मैदानमा उत्रदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij