आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सई साहब मिसन जाने तयारीमा थिए, तर अब जेल जाने भए

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ४, २०७७



  • कुनै पनि ब्यक्ति मति र गति छाडा भएपछि जुनसुकै पद र प्रतिष्ठानमा बसेपनि के लाग्दाे रहेछ र भन्ने भनाइलाई नेपाल प्रहरीका एकजना बहालवाला सइले पुष्टि गरेका छन । कानुनको नजरमा अपराध मानिएकाे लागू ओैषध काराेवार र सेवनमा उनको नाम जाेडिएर त्यो पनि प्रहरी प्रधान कार्यालय बाट पक्राउ परेपछि उनका साथी र प्रहरी संगठनलाई समेत लज्जित बनाएको छ ।

    लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका ४१ वर्षीय सइ पवन श्रेष्ठ आफै लागूऔषध दुर्व्यसनी भएको बुझिएको छ ।उनलाई नपुग्ने त्यस्तो केही देखिदैन तर उनको गलत बानीले खाडलमा हालिदिएकाे छ ।एकपटक शान्ति मिसन गएर आइसकेका श्रेष्ठ फेरि जानका लागि पास भएर बसेका थिए।

    श्रेष्ठले दुव्र्यसन बाट छुटकारा पाउन एक वर्षअघि औषधी सेवन गरेपनि पुन कारोबारमा संलग्न भएको प्रहरी स्रोतले बताएको छ ।ललितपुर स्थायी घर भएका श्रेष्ठ प्रहरी प्रधान कार्यालयअन्तर्गत सुरक्षा सेवा निर्देशनालयमा कार्यरत थिए। यहाँबाट अङ्गरक्षक र विदेशी भीआईपी तथाभीभीआईपीको सुरक्षा व्यवस्थापन हुने गर्छ।

    श्रेष्ठकै बयानका आधारमा प्रहरीले ६४ ग्राम ब्राउन सुगरसहित दीपक नेपाली शेर्पालाई पनि पक्राउ गरेको छ। शेर्पाले आफूलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको श्रेष्ठले बताएपछि प्रहरीले उनको पनि खोजी सुरु गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij