प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७७
काठमाडौं । बैतडीको दोगदाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ ।
दिनेशविरुद्ध जबरजस्ती करणी र ज्यानमुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी नारायणप्रसाद अधिकारीले बताए।
भट्टको हत्यामा उनको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले बुधबार नै दिनेशलाई सार्वजनिक गरेको थियो । डीएसपी अधिकारीका अनुसार आरोपित किशोर नाबालक अर्थात् १८ वर्षभन्दा मुनिको हुन सक्ने ठानेर प्रहरीले उमेर पत्ता लगाउन वडा र स्कुलमा पत्राचार गरिसकेको छ।
‘हामीले वडा र स्कुलमा चिठी लेखेका छौँ, विवरण भोलिसम्म आउँछ।’,उनले भने।,
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij