प्रकाशित मिति : आइतवार, फाल्गुन ९, २०७७
काठमाडौं । पूर्व राजपरिवारका सदस्यले पूर्वरानी कोमल शाहको जन्मदिन झापामा मनाएका छन्। शुक्रबार कोमलको ७०औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह र कोमललेसँगै डान्स गरेका छन्। उक्त डान्सको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
२००७ साल फागुन ७ गते पिता केन्द्र शमशेर जबरा र आमा श्री राज्य लक्ष्मी देवी शाहको कोखबाट जन्मिएकी कोमलको जन्मोत्सवको अवसरमा शुभकामना दिन छोरा पारस शाह र बुहारी हिमानीलगायत सम्पूर्ण शाह परिवार पुगेका थिए।
जन्मोत्सवका अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटेल एक साताका लागि बुक गरेको थियो । उक्त अवसरमा पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहबीच लामो समयपछि भेट भएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij