आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अस्ट्रेलियामा खोप अभियान शुरु

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १०, २०७७



  • क्यान्बेरा । कोरोनाभाइरस फैलिनबाट रोक्ने उद्देश्यले कडा लकडाउन र प्रतिबन्धहरु घोषणा गरेको अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप औपचारिक रुपमा शुरु भएको छ ।

    अस्ट्रेलियामा फाइजर कम्पनीले विकास गरेका हजारौं डोज खोप आइपुगेको छ । प्रधानमन्त्री स्कट मरिसनले आइतबार नै कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। अस्ट्रेलियाले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र वृद्धवृद्धालाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।

    अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ । उक्त समारोहमा अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्ट पनि उपस्थित थिए । गारान सर्ज सेन्टरमा कोरोनाभाइरसको परीक्षण गर्नुका साथै कोभिड–१९ विरुद्धको खोप दिइने एउटा केन्द्र हो ।

    त्यस अवसरमा स्वास्थ्य मन्त्री ग्रेग हन्टले संवाददाताहरुसँग कुरा गर्दै जतिसक्दो चाँडो धेरैभन्दा धेरै अस्ट्रेलियाली नागरिकलाई खोप दिन सरकार प्रयत्नशील रहेको बताए ।

    दक्षिण अस्ट्रेलिया राज्यको रोयल एडिलेड अस्पताल र फ्लिन्डर्स मेडिकल सेन्टरमा चार हजार डोज खोपको व्यवस्था गरिएको छ । यस राज्यमा पहिलो तीन साताभित्रै करिब १२ हजारलाई खोप दिने तयारी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij