आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १४, २०७७



  • कैलाली । ‘लिटरफ्लावर प्रिमियर लिग’ विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता पाँचौँ संस्करणको आज धनगढीमा ट्रफी सार्वजनिक गरिएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नगरप्रमुख नृपबहादुर वडले ‘लिटल फ्लावर स्पोर्टस एण्ड इभेन्टस’ धनगढीको आयोजनामा हुने विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करणको ट्रफी सार्वजनिक गरेका हुन । सो अवसरमा उनले क्रिकेट खेलको विकास, विस्तार र खेलप्रति जनचेतना बढाउन प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताए ।

    ‘लिटल फ्लावर स्पोर्टस् एण्ड इभेन्टस’ धनगढीका अध्यक्ष रामचन्द्र शाहीले देशभरीका विद्यालयको सहभागितामा सञ्चालन हुने यस प्रतियोगिताले विद्यालय तहमा क्रिकेट खेलप्रति अभिरुचि बढेको बताए । प्रतियोगिताबाट विद्यालयस्तरमा लुकेर रहेका क्रिकेट खेलाडी बाहिर आइरहेका र आफ्नो क्षमतालाई विकास गर्न सक्षम भइरहेकाले यो प्रतियोगिता गरिराख्न हौसला मिलेको उनको भनाइ छ । देशभरीका १६ विद्यालयको सहभागिता हुने प्रतियोगिताको विजेता टिमले रु एक लाख २० हजार र उपविजेताले रु ६० हजार प्राप्त गर्नेछन् ।

    त्यस्तै उत्कृष्ट खेलाडीले रु १० हजार, उत्कृष्ट बलरले रु पाँच हजार, उत्कृष्ट व्याट्स म्यानले रु पाँच हजार र उदयमान खेलाडीले रु पाँच हजार प्राप्त गर्नेछन् । विगत वर्षदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगिता धनगढीस्थित सङ्घीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा फागुन १५ देखि २९ गतेसम्म सञ्चालन हुने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij