सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

बेलायती पूर्व प्रधानमन्त्रीले बनाएको कलाकृति १ अर्ब १४ करोड रुपैयाँमा बिक्यो

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७



  • काठमाडौं। बेलायती पूर्व प्रधानमन्त्री सर विन्स्टन चर्चिलले बनाएको एक कलाकृति लण्डनमा भएको एक नीलामीमा ७ मिलियन पाउण्ड (१ अर्ब १४ करोड रुपैयाँ) मा बिक्री भएको छ। यो कलाकृतिको स्वामित्व पछिल्लो समय हलिउड अभिनेत्री एन्जेलिना जोलीसँग थियो र जोलीले यसलाई बेचेकी हुन् ।

    बीबीसीका अनुसार यो कलाकृति लिलामीपूर्व गरिएको अनुमान भन्दा चार गुणा बढी थियो । यसअघि यो कलाकृति १.८ मिलियन पाउण्डमा बिक्री भएको थियो । दोस्रो विश्वयुद्धको क्रममा चर्चिलले माराकेशमा बनाएको कटुबिया मस्जिदको टावरको यो कलाकृति कसले खरिद गरे भन्ने खुलाइएको छैन । क्रिस्टिका एक जना प्रवक्ताले यसलाई ‘चर्चिलको सबैभन्दा महत्वपूर्ण काम’ भनेका छन् । यो चर्चिलले युद्धको समयमा बनाएको एकमात्र कलाकृति हो ।

    चर्चिल एक जना उत्सुक कलाकार पनि थिए । उनले सन् १९४३ मा कासाब्लान्का सम्मेलनपछि मोरोक्को शहरबाट प्रेरणा लिएर द टावर अफ द काउउबिया मस्जिदको यो कलाकृति बनाएका थिए । उनले यो कलाकृति बनाएपछि युद्धको समयका समकक्षी नेता अमेरिकी राष्ट्रपति फ्रेंकलिन रुजवेल्टलाई दिएका थिए । सन् २०११ मा न्यु ओर्लियनमा भएको लिलामीमा यसलाई अभिनेत्री एन्जेलिना जोलीले किनेकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij