आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रेमिकालाई फकाउन ‘लभ आइल्याण्ड’ नै बनाए, प्रेमिका त आइनन् तर पर्यटक आउन थाले

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १९, २०७७



  • काठमाडौं। एक युवकले रिसाएर गएकी प्रेमिकालाई फकाउनको लागि लाखौं खर्च गरेर आफ्नो बगैंचालाई नै लभ आइल्याण्डमा परिणत गरे । तर, यति गर्दा पनि उनकी प्रेमिका भने प्रभावित भइनन् । तर, ती युवकले अझै पनि प्रेमिकाको प्रतिक्षा गरिरहेका छन् । यद्यपि ३० वर्षका यी युवकको मेहनत खेर भने गएन । अब यो लभ आइल्याण्डमा अन्य प्रेमी जोडीहरु घुम्नको लागि आउन थालेका छन् । जु थर भएका यी व्यक्तिले १ लाख युआन (१८ लाख रुपैयाँ) खर्च गरेर आफेनो बगैंचालाई नयाँ रुप दिएका हुन् ।

    यो पूरै आइल्याण्डलाई गुलाबी वनस्पतिले ढाकिएको छ । यो आइल्याण्डको घाँस पनि गुलाबी रंगको छ । यहाँ कैयौं चेरीका रुखहरु पनि छन् । यसका अलावा यी व्यक्तिले यो रोमान्टिक स्पटसम्म जानको लागि एउटा पुल पनि बनाएका छन् । चीनको सरकारी अखबार पिपुल्स डेलीका अनुसार जुले आफ्ना बुढा मातापिताको हेरचाह गर्नका लागि गाउँ जाने निर्णय गरेपछि उनकी प्रेमिकाले ब्रेकअप दिएकी थिइन् । ब्रेकअप भइसकेपछि जुले एकपटक फेरि आफ्नी प्रेमिकालाई फकाउने प्रयास गरेका थिए तर यसमा उनी सफल हुन सकेनन् ।

    यो लभ प्रोजेक्ट पूरा हुन करिब १ वर्षको समय लाग्यो । हालै यो आइल्याण्डको काम पूरा भएको हो । जुकी प्रेमिका उनको यो कामबाट प्रभावित भए पनि उनीसँग फेरि सम्बन्धमा आउन भने अस्वीकार गरिन् । प्रमिकाले जुले अझै राम्री प्रेमिका पाउने आशा जनाएकी छिन् । जुका अनुसार उनी निकै रोमान्टिक छन् तर आफ्ना भावना शब्दमार्फत व्यक्त गर्न असहज महसुस गर्छन् । त्यसैले उनी यस्ता कामबाट आफ्ना भावना व्यक्त गर्छन् । जुकी प्रेमिका नफर्किए पनि उनले बनाएको लभ आइल्याण्ड प्रेमी जोडीबीच लोकप्रिय भएको छ । यहाँ कैयौं जोडीले विवाहको प्रस्ताव राख्न आउँछन् । यहाँ विवाहपछिको फोटोसुटका लागि पनि कैयौं जोडीहरु आउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij