आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बहराइनका राजपरिवारका सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्न नेपाल आउँदै

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २०, २०७७



  • काठमाडौं । बहराइनका राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली सगरमाथा आरोहण गर्नका लागि नेपाल आउने भएको छ । मनामास्थित बहराइनका लागि नेपाली राजदूतावासले बिहिबार एक विज्ञप्ति जारी गरी उक्त टोली आगामी चैत २ गते नेपाल आउने भएको जानकारी गराएको छ।

    बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनी तथा ३ जना बेलायती नागरिक रहेको उक्त टोली नेपालमा ७९ दिन रहनेछन् । उक्त टोली विशेष विमानबाट नेपाल आउनेछन् ।

    सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती नेपालस्थित सेभेन समिट ट्रेकर्स प्रालिले गरिरहेको छ । यसअघी बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफतापूर्वक आरोहण गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij