आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मिथिला व्यञ्जन : झण्डै एक हजार वर्षसम्म अपरिवर्तित परिकार !

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २४, २०७७



  • मैथिली व्यञ्जनको नेपाल र भारतमा लामो इतिहास पाउन सक्छौं । ११ औं शताब्दीमा लेखिएको मैथिली पुस्तक ‘वर्णरत्नाकर र प्राकृति पिंगल’ नामक पुस्तकमा लेखक ज्योतिश्रर ठाकुरले मैथिली खानाको चर्चा गरेका छन् । सो पुस्तकमा मैथिली भोजन, दही र माछाको चर्चा छ । यसलाई आधार मान्दा झण्डै एक हजार वर्षसम्म पनि मैथिली भोजनमा कुनै परिवर्तन नभएको पाउन सकिन्छ ।

    मिथिला क्षेत्र पहिलेदेखि नै सांस्कृतिक विरासत जोगाउन सफल क्षेत्र हो । अतः यी खानाहरू समय सान्दर्भिक र आयुर्वेदिक दृष्टिले पनि मौसमी भोजन चक्रको अनुशरण गरिएको खालको रहेको पाइन्छ । ब्रिटिसकालमा समेत आफ्नो पहिचान बचाउन सफल मिथिला क्षेत्रको खाना परम्परा अहिले र पुरानो परम्परामा खासै परिवर्तन नभएको डा. सीमा कुमारीको ‘मैथिल भोजनका ऐतिहासिक विवरण’ नामक शोधपत्रमा उल्लेख छ ।

    मैथिली भोजनका विशेषताहरू

    मिथिला क्षेत्र सधैंभरि कृषि प्रधान समाजको रुपमा रहेको पाइन्छ । गाई र भैंसी दूधको लागि पाल्ने गरिन्थ्यो । दिनको हरेक भोजनमा कुनै न कुनै हिसाबले दूधको प्रयोग गर्ने गरिन्थ्यो । मिथिला क्षेत्रको खानाका केही उदाहरणहरु निम्नानुसार छन् ।

    दही–च्युरा

    दही च्युरा मिथिला संस्कृतिको एउटा विशेष परिकार हो । मिथिला क्षेत्रको कैयौं घरहरूमा दिनको सुरुवात प्रसिद्ध पौराणिक व्यञ्जन दही र च्युराबाट हुने गर्छ । भारतको बिहारतर्फ पर्ने मिथिला क्षेत्रभन्दा बाहिरका मान्छेहरु वर्षमा एक पटक माघेसंक्रान्तिको दिन दही च्युरा खाने गर्छन् ।

    माछा

    यस क्षेत्रमा धेरै संख्यामा नदीहरु हुने भएको ले माछाको पनि सानो तथा ठूला प्रजातिहरू यसमा पाउने गरिन्छ । त्यसैले माछा मासु पनि यो क्षेत्रको विशेष प्रजाति हो । माछा मिथिला क्षेत्रको यति ठूलो संस्कृति हो कि यहाँका सबै सम्प्रदायका मान्छेले यसलाई उपभोग गर्ने गर्छन् । यहाँको दरभंगा राज घरानामा समेत धार्मिक समारोहहरुमा यसको प्रयोग गर्ने गरिन्छ ।

    मासु

    मिथिला संस्कृतिका धेरै मान्छे मासुको सेवन गर्छन् । मासुमा धेरैले बोकाखसी मनपराउँछन् । पहिलेपहिले जंगली सुँगुर, हरिण, साइबेरियन सारस आदिको शिकार र सेवन गर्ने गरिन्थ्यो ।

    झानेको दाल

    मिथिला संस्कृतिमा दाल अत्यन्त महत्वपूर्ण परिकार हो । तर मिथिलामा दाल तयार गर्ने अर्काे अनौठो तरिका छ । यसलाई पकाउँदा पहिले तताइएको तावामा भुट्ने गरिन्छ । मिथिला संस्कृतिमा विभिन्न किसिमका दालहरूको परिकार पाइन्छ । जस्तो, अरहरको दाल, मसुरको दाल, चना लगायत ।

    भोजभतेरको परिकार

    मिथिला संस्कृतिमा सामुदायिक समारोहमा भोज खाने चलन छ । यस्तो भोज या त दिउँसो र नभए रातिको खाना खाने समयमा राख्ने गरिन्छ । यस्तो भोजको परिकार पुरुष सदस्यहरूले विशेष तरिकाले तयार पार्ने गर्छन् । यस्ता भोजनहरु प्याज र लसुन समेत नराखी सात्विक शैलीमा बनाउने गरिन्छ । यसलाई विभिन्न पातमा वा टपरीमा दिने गरिन्छ भने भुइँमा बसेर खाने गरिन्छ ।

    बिनालसुन प्याज युक्त खाना बनाउनु

    मैथिली खानाको अर्काे विशेषता भनेको लसुन र प्याज मुक्त खाना हो । नयाँ पिढीले भने यो परिकार मनपराउने गर्दैनन् । तर परम्परागत मिथिला खानामा भने लसुन र प्याज पाइँदैन । प्याज र लसुन नहाले पनि यहाँ मांसाहार खाना भने पकाइन्छ । मैथिली महिलाहरुले लसुन र प्याज नहाली स्वादिष्ट व्यञ्जन बनाउने गर्छन् ।

    मिठाई

    मिथिलाको सबै समुदाय मधुर अर्थात् गुलियोप्रेमी हुन्छन् । उनीहरुलाई मिठाइ खाने कुनै बाहाना चाहिँदैन । मैथिली महिलाहरु विशेष पर्व वा अन्य अवसरमा लड्डु मालपुवजा जस्ता अन्य गुलिया परिकारहरु बनाउने गर्छन् ।

    खाजा

    मिथिला क्षेत्रमा खाजाका विभिन्न परिकारहरु हुन्छन् । जस्तो भुजा (भुटेको अन्न, भात वा छोले), कचरी (पकौडा) जस्ता खाजाहरु बन्ने गर्छन् ।

    यसबाहेक तिलौरी (तिल र चामलबाट बन्ने परिकार), तरुवा (पर्वल, आलु, गोभी, प्याज लगायत कच्चा पदार्थबाट बन्ने पकौडा जस्तै परिकार), भुजिया जस्ता परिकार खाजाको रूपमा खाने गरिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij