प्रकाशित मिति : मङ्लबार, फाल्गुन २५, २०७७
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि प्रहरी निरीक्षकको कमाण्डमा १० जना प्रहरी टोली परिचालन गरिएको छ।
सरकारसँगको तीनबुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएका विप्लवको सुरक्षाका निम्ति भन्दै प्रहरी टोली परिचालन गरिएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिएका छन् ।
विप्लवको सुरक्षा चुनौती मध्यनजर गर्दै उनलाई नजिकैबाट सुरक्षा दिन थालिएको सिंहले बताए ।
गत शुक्रबार सरकार र विप्लवबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
त्यसअघि सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्दै उसका नेता कार्यकर्ताविरुद्ध दर्ता भएका सबै मुद्दा फिर्ता लिने निर्णय पनि गरेको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij