आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

एक लाख ऋणबाट ११ होटलको मालिक

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २५, २०७७



  • ;kmn xf]6n Joj;foL e08f/L lrtjg, @$ kmfu'g M kGw| aif{df !! j6f k|]l;8]G6 gfdaf6 xf]6n / /]i6'/]G6 ;~rfngdf Nofpg' ePsf u'NdLsf z+s/ e08f/L . P3f/f}F zfvf pb3f6g cl3 ;f]daf/ laxfg gf/fo0fu9l:yt k|]l;8]G6 tf; ahf/df . t:jL/ M gf/fo0f clwsf/L÷ /f;;

    चितवन । आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् ।

    नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको नेतृत्वमा अहिले ११ होटल र रेष्टुराँ छन् ।

    विसं २०३९ मा गुल्मीको तत्कालीन रुपकोटमा जन्मिनुभएका भण्डारीले विसं २०५९ मा आफन्तसँग एक लाख ऋण लिएर साझेदारीमा काठमाडौँको सुन्धारामा होटल शुरु गरे ।

    मान्यजन आफन्तसँग काम गर्दा आफू होचिएको महसुस गरेसँगै उनले नजिकै परिवारले हेर्ने गरी किराना पसल थप गर्नुभयो । पसल सञ्चालनका लागि थोरै पैसा ऋण पाएपछि सोही पैसाले किराना पसल शुरु गरे ।

    पसलमा सामान राख्ने ठाउँ खुल्ला देखिएपछि अन्यत्रबाट खाली कार्टुन ल्याएर ¥याक भरेको उहाँले स्मरण गरे । उनले भने, “पसल शुरु गर्दा ५० हजार मात्रै थियो, त्यसले सामान धेरै आएन, अन्यत्रबाट कार्टुन ल्याएर पसल भरेँ ।” रु ८० हजार ऋण खोजेर ३० हजारको ¥याक बनाएपछि रु ५० हजारको सामानबाट उहाँले पसल शुरु गरे ।

    सो पसल शुरु भएको दिनदेखि नै निकै राम्रो व्यापार भएको स्मरण गर्दै उनले भने, “दैनिक रु एक लाख ५० हजारसम्मको व्यापार भयो ।” आफूलाई भने होटलमै लगाव भएकाले साझेदारीको होटल छाडेर विसं २०६३ मा सुन्धारामै एउटा घर भाडामा लिएर उहाँले प्रेसिडेन्ट होटल शुरु गरे ।

    होटल शुरुआती अवस्थाको दुःख सम्झँदै उनले भने, “पैसा नभएपछि २० कोठे घरको चार कोठा मात्रै तयार पारेर होटल शुरु गरेँ ।” क्रमशः किराना र होटलको कमाइले उक्त होटल एक वर्ष लगाएर पूर्ण क्षमतामा सञ्चालन गरेको उहाँले बताउनुभयो । त्यतिबेला उहाँसँग एक साझेदार पनि थिए ।

    निरन्तरको मिहिनेतसँगै होटलले व्यवसायमा फड्को मार्दै गयो । विसं २०६५ मा सुन्धारामै ४० कोठाको अर्काे घर लिएर उनले होटल शुरु गरे ।

    दुवै होटलको सफलताले उहाँलाई त्यतिकैमा रोकिन मन लागेन । उनले विसं २०६९ मा रुपन्देहीको लुम्बिनीमा १५ कोठाको होटल शुरु गर्नुभयो । विसं २०७२ सालमा बालाजुमा २० कोठाको होटल शुरु गरे ।

    होटलको व्यवसाय फस्टाउँदै गएपछि उनलाई रेष्टुराँमा हात हाल्ने हौसला मिल्यो । त्यससँगै विसं २०७३ मा सुन्धारामा पे्रसिडेन्ट सेकुवा शुरु गरे ।

    सेकुवाको स्वादले धेरैको मन लोभ्याएपछि उनलाई थप रेष्टुराँ खोल्ने चाहना बढेर गयो । क्रमशः कलङ्कीको रविभवन, महाराजगञ्ज, माछापोखरी र चितवनको भरतपुरमा प्रेसिडेन्ट सेकुवा शुरु भयो ।

    भरतपुरमा सेकुवाको व्यापार शुरुसँगै उहाँलाई चितवनको ताससँग खेल्न रहर जाग्यो । यही रहरले नारायणगढको पुलचोकमा आजबाट पे्रसिडेन्ट तास बजार शुरु गरेका छन ।

    चितवनमा प्रख्यात खशीको मासुबाट बनाइने तासलाई विविधिकरण गर्दै उनले कुखुरा, अण्डा र आलुको समेत तासको मेनु ग्राहकसामु ल्याएका छन । उनले भने “हामीकहाँ चितवनमा नपाइने धेरै प्रकारका तास पाईन्छ ।”

    उनको व्यवसायमा एकपछि अर्काे गर्दै फड्को मार्ने क्रम भने अझै रोकिएको छैन । उनले बालाजुमा आगामी चैतबाट बेकरी शुरु गर्दै छन भने चितवनकै कुरिनटारमा साझेदारीमा ३० कोठाको रिसोर्ट निर्माणको प्रक्रिया शुरु गरेका छन ।

    रिसोर्टबाहेक अन्यमा ७० प्रतिशत उनको आफ्नै लगानी छ भने ३० प्रतिशत स्थानीय र कर्मचारीलाई शेयर दिएका छन ।

    व्यापारमा गरेको आम्दानीले अर्काे होटल र रेष्टुराँ खोल्दै चेनको विकास उनले गरिरहेका छन । देशका प्रमुख शहरहरुमा रेष्टुराँ खोल्ने उनको चाहना छ ।

    उनले भने “काठमाडौँमा मात्रै २० वटा रेष्टुरेण्टका आउटलेट खोल्ने तयारी गर्दैछु ।” होटल रेष्टुराँबाट कमाएको रकम घरजग्गा किन्न खर्च नगरेको भन्दै उनले भने “अहिले पनि म भाडामा बस्छु, बस्ने घरभन्दा एउटा थप होटल वा रेष्टुरेण्ट खोल्ने मेरो चाहना छ ।”

    २५० जना हाराहारीलाई रोजगारी दिलाएको बताउँदै उनले भने “धेरैलाई साहँु बनाउने र रोजगारी दिलाउने अभियानमा म लागिरहेको छु ।”

    ‘न्यून दरमा सेवा र गुणस्तर तारे होटलसरह’ भन्ने नाराका साथ लाग्नुभएका उहाँले स्वच्छ वातावरण, सरल ठेगानास्तरीय सेवा र स्वादिष्ट खानामा नै ध्यान पु¥याएका कारण सफलता मिलेको बताए ।

    एउटा होटल वा रेष्टुराँ सञ्चालन गर्न रु ५० लाखदेखि रु दुई करोडसम्म खर्च भएको उनको भनाइ छ । कम खर्चमा बनेको सुन्धाराको होटलमा रु ५० लाख लगानी भएको बताउँदै उनले भरतपुरको सेकुवामा रु दुई करोड खर्च भएको जानकारी दिए ।

    व्यवसायसँगै उहाँले सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएका छन । उनले गुल्मीमा आफूले अध्ययन गरेको विद्यालयमा अध्ययनरत १५ विद्यार्थीको अभिभावकत्व लिएर सम्पूर्ण खर्च गर्दै आएका छन ।

    चितवनको रङ्गशालादेखि चेपाङ बालबालिकालाई समेत उहाँले समय समय सहयोग दिँदै आएको बताए । व्यवसायमा उनलाई भाइ कृष्ण भण्डारीसहित परिवारको साथ र सहयोग छ ।

    सेवाग्राहकीको मायाकै कारण सफलता मिलेको बताउने उनले स्वदेशमै मिहिनेत ग¥यो भने सफल होइन्छ भने ।

    आफूले मलेसिया जाने भनेर ढाँटेर ऋण लिएर व्यवसाय शुरु गरेको स्मरण गर्दै उनले अहिले व्यवसाय गर्नलाई सानो रकम जुटाउन आफूलाई जस्तो कठिन नपर्ने भएकाले विदेश जान छोडेर स्वदेशमै व्यवसाय गर्न युवालाई आग्रह गरे ।

    उनको सुझाव छ “क्षमता, दक्षता, विज्ञताअनुसारको मिहिनेत ग¥यो भने सफलता मिल्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij