आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

शैक्षिक सुधार मासिक घुम्ती बैंठक सम्पन्न।

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २८, २०७७



  • बर्षात ओली, घोराही दाङ। घोराही उपमहानगरपालिका वडा नम्बर १४ को आयोजनामा शैक्षिक सुधार मासिक घुम्ती बैठक सम्पन्न भएको छ।

    घोराही उपमहानगरपालिका वडा नम्बर १४ भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको बीचमा अन्तरक्रिया कार्यक्रम हाजिरी जवाफ प्रतियोगिता र हस्तलेखन लगायतका गतिविधि हुँदै आएको वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभएको छ।

    वडा स्तरीय सामुदायिक तथा संस्थागत विद्यालयहरुका बीच आज घोराहीको बालमन्दिरमा रहेकोे विद्यालयमा हाजिरी जवाफ तथा हस्तलेखन प्रतियोगिता कार्यक्रम आज सम्पन्न भएको हो।

    संस्थागत र सामुदायिक गरि १० वटा विद्यालयको सहभागिता रहेकोे कार्यक्रममा हस्तलेखन तर्फ हेरीटेज मन्टेश्वरीका छात्र अंश बि सी प्रथम,गोर्खा ईङ्लीस बोर्डिङ स्कुलका लिवना बुढा दोश्रो र सुभ प्रभात कि सुप्रीया श्रेष्ठ तेस्रो भएका छन्।

    त्यसैगरी हाजिरी जवाफ तर्फ स्टार बोर्डिङ स्कुल प्रथम,गोर्खा ईङ्लीस बोर्डिङ स्कुल दोश्रो र सुप्रभा तेस्रो भएका हुन। यस्तो गतिविधि लगातार गर्दै गए अझै राम्रो हुने अध्यक्ष डाँगीले बताउँनुभयो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij