आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सुनाचुरीमा दुर्घटना हुँदा तीनको मृत्यु

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २९, २०७७



  • झापा । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

    उनका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक थापाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा आज बिहान ५ बजे, बसमा सवार अभयलालको उपचारको लागि हेटौँडा अस्पताल ल्याएको र चिकित्सकले मृत घोषणा गरेको र दुर्घटनामा गम्भीर भएका सुनिललाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको र चिकित्सकले मृत घोषणा गरेको हो।

    सोही दुर्घटनामा परी ट्रक चालक, सहचालक गरी तीन र बसका सात गरी १० जना घाइते भएका छन्। घाइते सबैको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

    उक्त बसमा अन्दाजी ३५ यात्रु सवार थिए । तीमध्ये सातमात्रै घाइते रहेको जनाइएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij