आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विराट कोहलीले बनाए लाजमर्दो रेकर्ड

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २९, २०७७



  • काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले लाजमर्दो रेकर्ड बनाएका छन् । हिजो अहमदाबादमा भएको इङल्याण्डविरद्धको पहिलो टि–२० मा विराट शुन्यमा आउट भए । यससँगै उनी सबैभन्दा धेरै पटक शुन्यमा आउट हुने भारतीय कप्तान बने ।

    हिजो विराट कोहली १४ औं पटक शुन्यमा आउट भए । उनले सौरभ गांगुलीलाई उछिने । गांगुली कप्तानको रुपमा १३ पटक शुन्यमा आउट भएका थिए । कप्तानको रुपमा महेन्द्र सिंह धोनी ११ पटक र कपिल देव १० पटक शुन्यमा आउट भएका थिए ।

    कोहली आफ्ना पछिल्ला ५ अन्तर्राष्ट्रिय इनिङमा ३ पटक शुन्यमा आउट भएका छन् । यसअघि इङल्याण्डसँगको टेस्टमा पछिल्ला ४ इनिङमा उनको स्कोर ०, ६२, २७ र ० थियो । भारत हिजो इङल्याण्डसँग ८ विकेटले पराजित भयो । यो भारत आफ्नो होमग्राउण्ण्डमा ८ विकेटले हारेको दोस्रो पटक हो । यसअघि २००७ मा भारतले गुवाहाटीमा ८ विकेटले हारेको थियो । घरेलु मैदानमा भारतले योभन्दा ठूलो हारको सामना २०१९ मा बैंगलोरमा झेलेको थियो । त्यतिबेला दक्षिण अफ्रिकाले भारतलाई ९ विकेटले हराएको थियो ।

    हिजोको जीतसँग इङल्याण्ड विश्वमा एकमात्र यस्तो टिम बनेको छ जसको भारतविरुद्ध हारभन्दा जीत धेरै छ । यो भारत र इङल्याण्डको १५ औं टि–२० खेल थियो । यो खेल जितेपछि इङल्याण्डले भारतविरुद्ध ८ टि–२० जितेको छ । ७ खेल उसले हारेको छ । न्यूजिल्याण्ड र भारतबीच १६ खेल भएकामा न्यूजिल्याण्डले ८ खेल जितेको ६ हारेको र २ बराबरीमा राखेको थियो । तर, बराबरी भएका २ खेल भारतले सुपरओभरमा जितेपछि जीत हार बराबरी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij