आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

४० वर्षदेखि बिना सुनुवाइ भारतको जेलमा रहेका दुर्गाप्रसादको मुद्दामा ऐतिहासिक फैसला हुने

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ३, २०७७



  • काठमाडौं। ४० वर्षदेखि बिना सुनुवाइ भारतको जेलमा बन्दी जीवन बिताइरहेका नेपाली दुर्गाप्रसाद तिम्सिनाको मुद्दामा ऐतिहासिक फैसला हुने भएको छ । यो फैसलाले दुर्गाप्रसाद मात्र नभउ उनीजस्तै मानसिक अवस्था कमजोर भएकाहरुको समस्यालाई पनि सम्बोधन गर्ने मुद्दाको सुनुवाइ गरेका न्यायाधशिले बताएका छन् । कलकत्ता उच्च न्यायालयमा सोमबार अन्तिम सुनुवाइपछि न्यायाधशिले यस्तो बताएका हुन् ।

    भारतीय जेलको रेकर्डमा पहिले दीपक जैसी नाम दर्ता गरेर राखिएका दुर्गाप्रसादको मुद्दा सुनुवाइ नै नभएको खुलासापछि पछिल्लो समय उनको मुद्दाको सुनुवाइ सुरु भएको थियो । उनको मुद्दामा सोमबार हुने सुनुवाइ अन्तिम सुनुवाइ हुने र उनी सोमबार नै जेलबाट छुट्ने अपेक्षा गरिएको थियो । सोमबारको सुनुवाइ अन्तिम त भयो तर न्यायाधीशले सोमबार फैसला भने सुनाएनन् ।

    कलकत्ता उच्च न्यायालयका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरूद्ध रोयको संयुक्त इजलासमा सोमबार अन्तिम सुनुवाइ भएको थियो । सुनुवाइपछि मुख्य न्यायाधीश राधाकृष्णनले जेलमा रहेका अरू सबै मानसिक अवस्था कमजोर भएका कैदीहरूका लागि केही दिनभित्रै महत्वपूर्ण फैसला गर्ने बताएका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij