आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगे मुख्यमन्त्री शेरधन राई,

  • प्रकाशित मिति : बुधबार, चैत्र ४, २०७७



  • काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टर गरेर ससुराली गाउँ पुगेका छन् । केही महिनाअघि मात्र बिहे गरेकी श्रीमती जाङमु शेर्पालाई साथमा लिएर मुख्यमन्त्री राई श्रीमती जाङ्मुको जन्मस्थल संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको सेदुवा र नोर्बु पुगेका हुन् ।

    ससुरानी गाउँमा मुख्यमन्त्री राईको भव्य स्वागत गरिएको छ । उनको स्वागतमा त्यहाँ औपचारिक कार्यक्रम नै आयोजना गरिएको तस्वीरमा देखिन्छ । मुख्यमन्त्री पत्नी जाङमुले फेसबुकमार्फत तस्वीरहरु शेयर गरेकी हुन् ।

    जाङमुले फेसबुकमा लेखेकी छिन् ‘मैले भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो । मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महशुस गरेँ किनकी त्यहाँ सडक, विद्युत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ ।

    अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij