प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७
सिरहा नगरपालिका–२० गदियानीमा ज्ञानी मुखियाको घर छ । उनको आँगनमै सीमा स्तम्भ छ । यो नेपाल–भारत सीमा छुट्याउने २८ नम्बरको पिलर हो। मुखिया भारतको लगडी गाउँका हुन्।
उनको घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन्। दशगजा क्षेत्रमा पुर्खादेखि बस्दै आएकाले यहाँ बस्न नहुनेबारे आफँलाई थाहा नभएको उनले बताए ।
‘पहिले दशगजा ऐलानी पर्ती थियो। सीमा जोडिएका खेतवालाले बिस्तारै मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन । दुवैतिरका बासिन्दाले पाएसम्म मिचेका छन्।’ उनका अनुसार दशगजा मिचिएको ठाउँमा केहीले खेती गरका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेका छन् । सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन्।
सो ठाउँमा २ सय ५० भारतीय परिवारको बसोबास छ । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँ हो। भारतीय नागरिक जयनारायण मुखियाले आप्mना पूर्वजले नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको बताए ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij