आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पथरी-शनिश्चरे नगरपालिकाका प्रशासकीय अधिकृतसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०७७



  • चुरे भावर संरक्षण कार्यक्रम अन्तर्गत पोखरी निर्माणको लागि प्राप्त भएको रकम पथरी-शनिश्चरे नगरपालिकाका प्रशासकीय अधिकृतसहित छ जनाले भ्रष्टाचार गरेको थाहा भएको छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, इञ्जिनियर कृष्णप्रसाद कोइराला र सव-इञ्जिनियर लीलाराज भट्टराईविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

    उनीहरूले २४ लाख २७ हजार ५४५ रुपैयाँ भ्रष्टाचार गरेको पाइएपछि बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

    पोखरी निर्माण भइसकेको भनी गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी स्वीकृत गरेको, गलत प्रतिवेदन पेश तथा जाँचपास गरी भ्रष्टाचार गरेको देखिएको अख्तियारको दाबी छ।

    यस्तै, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानलाई पनि मुद्दामा प्रतिवादी कायम गरिएको छ। कर्मचारीसँग मिलेमतो गरेको देखिएपछि उनीहरूलाई पनि प्रतिवादी कायम गरिएको अख्तियारले जनाएको छ।

    मुद्दा लागेका सबैलाई जनही २४ लाख २७ हजार ५४५ रुपैयाँ बिगो माग गरिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij