आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गैँडा गणनामा खटिएका कर्मचारीको बाघको आक्रमणबाट मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र २३, २०७७



  • काठमाडौं । गैँडा गणनामा खटिएका एक कर्मचारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । आइतबार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि खटिएका ३१ बर्षका पुलिसराम थारुको मृत्यु भएको हो ।

    उनलाई गणनाका लागि खटिएर फर्किने क्रममा ठाकुरद्वारा आउँदा बाघले आक्रमण गरेको थियो । उनी गत बुधबारदेखि गैँडा गणनामा खटिएका थिए ।

    वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले बाघको आक्रमणबाट मृत्यु भएका कर्मचारीप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार एक विज्ञप्ति प्रकाशित गरी मृतात्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा गहिरो समवेदनासमेत प्रकट गरेका हुन् ।

    मृतकका घरपरिवारलाई मन्त्रालयका तर्फबाट न्यायोचित क्षतिपूर्तिको समेत व्यवस्था गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ । मन्त्री आलेले गैँडा गणनालगायत निकुञ्जको सुरक्षामा खटिने कर्मचारी, गणकहरूले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै कामका खटिनसमेत आग्रह गरेका छन् । चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दश जनाको मृत्यु भइसकेको छ ।

    यसैगरी, गैँडा गणनाकै क्रममा यही चैत २० गते नवलपरासी (सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–२ नजीकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँचजना घाइते भएका थिए । घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी विनोद श्रेष्ठको अवस्था गम्भीर रहेको र उनको काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij