प्रकाशित मिति : सोमवार, चैत्र २३, २०७७
झापा। प्रहरीले २५ ग्राम खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालिका-२ सुकुनाडिगीका २८ वर्षीय सञ्जय लामा रहेका छन् ।
प्रहरीले खानतलासी गर्दा लामाको साथबाट २५ ग्राम ५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ र लागूऔषध नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजु एकथान बरामद गरेको छ ।
उनलाई तत्कालै नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij