मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

प्रधानमन्त्रीको गृहजिल्लामा एमाले निकट प्रेस चौतारीको हार

  • प्रकाशित मिति : बिहिबार, चैत्र २६, २०७७



  • बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्लामा भएको पत्रकार महासंघको चुनावमा नेपाली कांग्रेसनिकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरका संयुक्त उम्मेदवार एकराज गिरी अध्यक्षमा निर्वाचित भएका छन् । चौतारीबाट तीन सदस्य बाहेक सबै पदाधिकारीमा गिरीकै प्यानलका उम्मेदवार विजयी भएका छन् ।

    गिरी १५५ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा प्रतिद्वन्द्वी प्रेस चौतारीका विशाल नेम्वाङले ७४ र माधव समूहका तीर्थ सिग्देलले २६ मत ल्याए । उपाध्यक्षमा १३१ मत ल्याउँदै गिरीकै प्यानलका केशव भट्टराई निर्वाचित हुँदा प्रतिद्वन्द्वी गोपाल झापालीले ९६ र हिमालचन्द्र खरेलले २६ मत ल्याए ।

    यस्तै महिला उपाध्यक्षमा १४० मत ल्याएर शुशीला संग्रौला विजयी हुँदा चौतारीकी सावित्रा दाहालले १०७ मत ल्याइन् । सचिवमा १२८ मत ल्याउँदै डिकेश लामा विजयी भए, चौतारीका उम्मेदवार सुब्रत न्यौपानेले ९९ र प्रेम आचार्यले २५ मत ल्याए । सह–सचिवमा १५५ मत ल्याउँदै राजु पाठक विजयी हुँदा चौतारीका विनोद सापकोटाले ९२ मत ल्याए ।

    यसैगरी समावेशी सह–सचिवमा अर्जुन राजवंशीले १७२ मत ल्याउँदा प्रतिद्वन्द्वी देशराज नेम्वाङले ७३ मत ल्याए, कोषाध्यक्षमा १३३ मत ल्याउँदै रञ्जित प्रसाईं विजयी भए, चौतारीका रमेश तिवारीले ११५ मत ल्याए ।

    सदस्यतर्फ चौतारीबाट अच्युतराज सुवेदी, सुनिरा मैनाली र अनिल वाग्ले निर्वाचत भए । अन्य पदमा गिरीकै प्यानलबाट मनिषा चम्लागाई, विनोद पाण्डे, चिरन्जीवी घिमिरे, सुष्मा राजवंशी, होमप्रकाश अधिकारी, द्रोण अधिकारी, रन्जित परियार र राजन साम्पाङ निर्वाचित भए ।

    केन्द्रीय परिषद् सदस्यमा कृष्ण हुमागाई, ज्ञानेन्द्र निरौला र गोपाल काफ्ले निर्वाचित भए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij