आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

गाउँपालिकाले दियो भेडी गोठालालाई रेडियो उपहार

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०७७



  • गोरखाको धार्चे गाउँपालिकाले भेडा/भेडी गोठालालाई रेडियो उपहार दिएको छ।

    छ महिना लेक र छ महिना वेशी बस्ने तथा गोठ सार्दै भेडा/भेडी चराउँदै आएका गोठालालाई सूचना प्रवाह गर्न रेडियो वितरण गरिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरूङले बताए।

    उनकाअनुसार अहिलेसम्म २० जनालाई रेडियो वितरण गरिसकिएको छ।

    गाउँपालिकाका भित्रका स्थानीय खबर तथा देश र विदेशका खबरबाट सु-सूचित गर्नका लागि रेडियो वितरण गरेको उनले बताएका छन्।

    ‘कतिपय ठाउँमा मोबाइलको टावर टिप्दैन। रेडियो सुनेर भए पनि उहाँहरूले अब गाउँ र देश तथा विदेशमा के भइरहेको छ थाहा पाउन सक्नुहुन्छ,’ उनले भने।

    रेडियो वितरणका लागि गाउँपालिकाले २ लाख रूपैयाँ बजेट बिनियोजन गरेको थियो।

    गोठालाहरूलाई रेडियोसँगै सोलार पनि वितरण गरेको गाउँपालिकाले जनाएको छ।

    गोरखाका एफएम रेडियोहरूसँग सहकार्य गरी स्थानीय भाषामै सूचना तथा समाचार उत्पादन गरेर बजाइनेसमेत उनले बताए।

    गोरखाको धार्चेका बासिन्दा स्थानीय भाषा बोल्छन्। यहाँ गुरूङ समुदायको बाक्लो बसोबास छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij