आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्युठान जीप दुर्घटना : मृतकको शव आफन्तलाई बुझाइयो, पाँच दिन प्रशासन बन्द

  • प्रकाशित मिति : बिहिबार, बैशाख २, २०७८



  • गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै बुधबार भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाको शव आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो ।

    मृतक प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको थियो । अन्य ४ जनाको शव जिल्ला प्रशासन कार्यालय गुल्मीमा शोकसभा गरेर आफन्तलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए ।

    शोकसभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, जिल्लास्थित राजनीतिक दलका नेता, आफन्तलगायतले श्रद्धाञ्जली दिएका थिए ।

    ५ दिन प्रशासन बन्द

    दुर्घटनामा परी कर्मचारीको निधन भएको शोक जिल्ला प्रशासन कार्यालय गुल्मी पाँच दिन गरिने भएको छ । बुधबार भएको जीप दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका ४ जना कर्मचारीको मृत्यु भएको शोकका ५ दिन कार्यालयका सेवाहरु बन्द गरिने भएको हो ।

    दुर्घटनामा मृत्यु भएका कर्मचारीहरुको शोकमा कार्यालयका अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पन्थीले बताए ।

    ७ जनाको उपचार काठमाडौंमा

    दुर्घटनामा गम्भीर घाइते भएका सन्दीप परियार, मुना पाण्डे, कमला पन्थी, सुनिता कँडेल, सार्थक ज्ञवाली, गीता मुखिया, अनिश बोहरालाई हेलिकप्टर मार्फत काठमाडौं पठाइएको छ । दुर्घटनामा परेर घाइते भएका ५ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij